back
CTIZAN AD

भारतीय स्वतन्त्रता दिवस १५ अगस्ट : एक समीक्षा

वि.सं.२०७७ साउन ३१ शनिवार

3.7K 

shares

आज भारतले स्वतन्त्रता पाएको दशकौं बितेर गइसके पछि पनि यो प्रश्न बारम्बार उठिरहेको छ र उठिरहन्छ कि त्यो बिभाजन सही थियो कि थिएन ? त्यसलाई टार्न सकिन्थ्यो कि सकिदैनथ्यो ? त्यो बिभाजनले भारत र पाकिस्तान दुबैलाई बर्बाद तुल्यायो । बिभाजनपछि भएको पलायनले मानिसहरुलाई अन्त्यहीन पीडा र दुःख कष्ट दियो । त्यो देशको बिभाजन त भयो नै पञ्जाब र पश्चिम बंगाल राज्यहरुको पनि बिभाजन भयो । त्यसो गरिदा कयौं दंगा फसादहरु भए, कयौ मानिसहरुको ज्यान पनि गयो । हिन्दू र मुसलमानहरुले यसमा शासनयन्त्रको एउटा औजारकोरुपमा महिला शक्तिलाई उपयोग गरे । त्यस क्रममा कयौं महिलाहरुको इज्जतसँग खेलबाड मात्र गरिएन, उनीहरुमाथि बलात्कार जस्तो घृणित हर्कत पनि गरियो ।

बृटिश साम्राज्यवादको पञ्जाबाट १५ अगस्टका दिन भारत स्वतन्त्र भएको थियो । त्यस दिन मध्यरातमा स्वतन्त्र भारतका पहिला प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले भनेका थिए – ‘धेरै बर्ष पहिला हामीले भाग्यसँग साक्षात्कार ग¥यौं र अब समय आएको छ कि हामीले आफ्नो प्रतिज्ञा पूरा गर्नु छ । आधारातको समयमा जब सारा संसार सुतिरहेको होला त्यतिबेला भारत आफ्नो जीवन र स्वतन्त्रताको लागि जाग्नेछ’ । यो उद्गार १४ अगस्ट १९४७ को दिन समाप्त हुनै लाग्दा भारत र संविधान सभालाई संबोधन गर्दै नेहरुले ब्यक्त गरेका हुन् ।

भारतको स्वतन्त्रताका लागि धेरै स्वाधीनताप्रेमी जनताका प्रतिनिधहरुले आफ्नो जीवनको आहुती दिएका छन् । कठोर संघर्ष र बलिदान गरेका छन् । असैह्य पीडा र दण्ड सजायको भागी बनेका छन् । भारतीय स्वतन्त्रता दिवसको स्मरण गरिरहँदा ती मानिसहरुलाई श्रद्धाञ्जली दिनै पर्दछ जसले आफ्नो सुन्दर जीवनको कुर्वानी दिएर बृटिश साम्राज्यबादको २०० बर्षको दासताबाट स्वतन्त्रता र मुक्तिको श्वास फेर्ने एउटामिर्मिरे ल्याउन सफल भए ।

वास्तवमा भारतको स्वतन्त्रता संग्राम अनेक बिद्रोहर सशस्त्र संघर्षका समेत अनेक साना ठूला चरणहरुबाट गुज्रिएको थियो । बृटिश दासताको पहिलो एक सय बर्षमा पूरै भारतभरी यस्ता कयौं बिद्रोहरुहरु भएका थिए । त्यो पारम्परिक बिद्रोहको अन्त्य १८५७ को सिपाही बिद्रोको साथ भएको यसको इतिहास छ । जुन बिद्रोहमा स्थानीय शासक, सैनिक र किसानहरुको संयुक्त बिरोध थियो । त्यो बिद्रोह वास्तवमा बृटिश साम्राज्यकाप्रति ती मानिसहरुमा उत्पन्न भएको असन्तोष, घृणा र बिद्रोहको भाबना तथा बृटिश शासनप्रतिको बिरोधको परिणाम थियो । बृटिश साम्राज्यबाद बिरोधी त्यस्ता आन्दोलनहरु बिफल भएका भए पनि ती आन्दोलनहरुले परिबर्तनका नायकहरु पैदा गरिदिएको थियो र त्यसले भारतीय जनताका बीच एकताको दृढ भावना उत्पन्न गरिदिएको थियो ।

यसरी यो स्वतन्त्रता संग्रामको अन्तिम निष्कर्श भारतको बिभाजन बन्न पुग्यो । त्यो वास्तबमा स्वतन्त्रता संग्रामको उद्देश्य र लक्ष बिपरीतको अस्वीकार्य कार्य थियो । भारतलाई दुइ भागमा बिभक्त गरेर बेलायतीहरु फर्किए । त्यो भारतको बिभाजन धार्मिक आधारमा गरिएको थियो । फलतः पाकिस्तान इस्लामी राष्ट्र बन्यो र भारतलाई धर्म निरपेक्ष देश भनियो ।

त्यस्ता बिद्रोही नायकहरु मध्ये मंगल पाण्डेलाई भारतमा बिद्रोहका एक महान नायक मानिने गरिन्छ । त्यस्तै गरेर अन्य बृटिश बिरोधी स्वतन्त्रताका योद्धाहरुमा रानी लक्ष्मी बाई, तात्या टोपे र नाना शाहेब समेत रहेका छन् । तिनले नेतृत्व गरेका बिद्रोहरुले जनस्तरको बृटिश शासनको जग हल्लाइ दिएको थियो । जनताको त्यो बिद्रोको आँचले गर्दा नै अन्त्यतः भारतको सत्ता बृटिश इस्ट इण्डिया कम्पनीसँगबाट हटाएर बृटिश क्राउन अर्थात बेलायती राजतन्त्रमा सारिएको थियो ।

१८८५ देखि १९०५ का बीचको समयमा भारतमा राष्ट्रबादको बिऊ रोपिएको मानिन्छ । एकजना सेवा निबृत्त बृटिश स्वयं सेवक एओ ह्यूमको नेतृत्वमा भारतीय राष्ट्रिय कांग्रेसको गठन भएको थियो । १९०५ मा भारतमा बढ्दो राष्ट्रबादको भाबनालाई नियन्त्रणमा लिनका लागि भाइसराय कर्जनले बंगाल बिभाजनको आरम्भ गरे । त्यसबाट त्यहाँ स्वेदशी आन्दोलनको शुरुवात भयो र बृटिश सामानहरुको बहिष्कार भयो । यसरी लर्ड कर्जनको त्यो योजनाका बिपरीत सारा भारतबासीहरु एक जुट भएर अघि बढे ।

त्यसको एक बर्ष पछि गंगाधर तिलक, बिपिन चन्द्र पाल र अरबिन्द घोषहरुले स्वराजको वकालत गरे । १९१९ मा रोलोट अधिनियमका बिरुद्ध लाला लाजपत रायको नेतृत्वमा ब्यापक राष्ट्रिय अभियान शुरु भयो जसमा उनी गम्भीररुपले घाइते हुन पुगे ।

काकोरी षडयन्त्रको मामिलामा राम प्रसाद बिस्मिल र अस्फाखउल्ला खानलाई फाँसी दिइयो । चन्द्रशेखर आजाद र खुदीराम बोस त्यो समयका महत्वपूर्ण क्रान्तिकारी थिए । मार्च १९३१ म एक पछि अर्को षड्यन्त्रको श्रृंखला पछि भगत सिंह, राजगुरु र सुखदेबलाई पनि फाँसी दिइसकिएको थियो । कतिपय अन्य क्रान्तिकारी समूहहरु पनि थिए । त्यस्ता समूहमध्ये एक थिए सूर्य सेनको नेतृत्वको बंगालको चटगाउँको समूह ।

यो त्यतिबेलाको कुरा थियो जति बेला भारतीय आन्दोलनको राजनैतिक परिदृष्यमा महात्मा गान्धि आइसकेका थिए । उनको मूख्य योगदान उनको अहिंसक आन्दोलन र सत्याग्रहलाई मानिन्छ । उनको मूख्य बिश्वास सत्य, अहिंसा र मानिसमाथिको प्रेम मानिएको थियो । उनको आफ्नो आश्रम —सावरमति आश्रमदेखि दण्डीसम्म मार्च गरेर गान्धिले नून आन्दोनलको आरम्भ गरेका थिए । दोश्रो बिश्व युद्धका बेला सुभाष चन्द्र बोस आफ्नो समयको एक शक्तिशाली नेता बनेर देखापरे । उनले आजाद हिन्द फौजकै गठन र त्यसको नेतृत्व गरिरहेका थिए । त्यसबेला कयौं महिला नेताहरुले पनि साम्राज्यबाद बिरोधी स्वतन्त्रताको आन्दोलनमा सक्रिय भाग लिएका थिए । तीमध्ये अरुणा आसफ अली, सरोजिनी नायडु,भिकाजी कामना, सुचेता कृपलानीहरुको नाम भारतको स्वतन्त्रता संग्राममा अग्रपंक्तिमा आउँदछ ।

सन् १९४२ देखि ‘भारत छोडो’ आन्दोलन त्याहाँ शुरु गरियो । त्यसमा बृटिश साम्राज्यबादलाई चाँडोभन्दा चाँडो भारत छोड्न माग गरिएको थियो । आन्दोलन चर्किदै गए पछि जून १९४७ मा लर्ड माउण्टबेटनले भारतको बिभाजन गर्ने योजनाको घोषणा गरे । अगस्ट १९४७ मा भारतलाई दुइ देशकारुपमा बाडियो । त्यस बिभाजनबाट धर्मनिरपेक्ष भारत र मुस्लिम पाकिस्तान बन्न गए ।

यसरी यो स्वतन्त्रता संग्रामको अन्तिम निष्कर्श भारतको बिभाजन बन्न पुग्यो । त्यो वास्तबमा स्वतन्त्रता संग्रामको उद्देश्य र लक्ष बिपरीतको अस्वीकार्य कार्य थियो । भारतलाई दुइ भागमा बिभक्त गरेर बेलायतीहरु फर्किए । त्यो भारतको बिभाजन धार्मिक आधारमा गरिएको थियो । फलतः पाकिस्तान इस्लामी राष्ट्र बन्यो र भारतलाई धर्म निरपेक्ष देश भनियो ।

आज भारतले स्वतन्त्रता पाएको दशकौं बितेर गइसके पछि पनि यो प्रश्न बारम्बार उठिरहेको छ र उठिरहन्छ कि त्यो बिभाजन सही थियो कि थिएन ? त्यसलाई टार्न सकिन्थ्यो कि सकिदैनथ्यो ? त्यो बिभाजनले भारत र पाकिस्तान दुबैलाई बर्बाद तुल्यायो । बिभाजनपछि भएको पलायनले मानिसहरुलाई अन्त्यहीन पीडा र दुःख कष्ट दियो । त्यो देशको बिभाजन त भयो नै पञ्जाब र पश्चिम बंगाल राज्यहरुको पनि बिभाजन भयो । त्यसो गरिदा कयौं दंगा फसादहरु भए, कयौ मानिसहरुको ज्यान पनि गयो । हिन्दू र मुसलमानहरुले यसमा शासनयन्त्रको एउटा औजारकोरुपमा महिला शक्तिलाई उपयोग गरे । त्यस क्रममा कयौं महिलाहरुको इज्जतसँग खेलबाड मात्र गरिएन, उनीहरुमाथि बलात्कार जस्तो घृणित हर्कत पनि गरियो ।

वास्तवमा आज पनि भारत र पाकिस्ताको त्यो बिभाजनको घाउ पुरिएको र खाटा बसेको छैन । बरु उल्टै सीमा बिबादका कारण दुइ देशका बीच परस्परमा कयौ पटक युद्ध पनि भएको छ । आधिकारिक सीमा निर्धारित भएको भनिए पनि यो बिबाद अहिलेसम्म सुल्झिएर समाप्त भएको छैन । कश्मिरमाथिको अधिकारको मुद्दालाई लिएर आज पनि त्यहाँ गतिरोध कायमै छ । खास गरेर कश्मिर मामिला बर्षौं बर्षदेखि सुल्झिएको छ्रैन । यो गतिरोधपूर्ण अबस्थाकै रुपमा रहेको छ । त्यही सीमारेखाको समस्यालाई लिएर पछिल्लो पटक कारगील युद्ध पनि भएको हो । दुबै देशका बीच अहिले पनि खिचातानी र दुश्मनी रहेकै छ । भारतले कश्मिलाई दिएको बिशेष संबैधानिक हैसियतलाई पनि मोदी सरकारले समाप्त पारेपछि पनि यो मुद्दा नसुल्झिएकै अबस्थामा रहीरहेको छ । कारगिल युद्ध त्यही सीमारेखाको समस्यालाई लिएर भएको हो । यो समस्या अहिले पनि जारी नै छ ।

सर्सरी हेर्दा स्वतन्त्रता संग्राम र त्यसपछि यता भारतले लामो यात्रा गरिसकेको छ । भारतका कतिपय क्षेत्रमा बिकास यात्रा निक्कै अगाडि पनि बढेको छ । खाशगरी बिज्ञान र प्रबिधि तथा सूचना र सञ्चारको क्षेत्रलाई यस सम्वन्धमा औंल्याउन सकिन्छ । यसका अतिरिक्त स्वास्थ्य, शिक्षा, परमाणु ऊर्जामा पनि निक्कै प्रगति हासिल गरेको देखिन्छ र भारत पनि परमाणु शक्तिमा दरिएको छ । भारतले अन्तरिक्षमा उपग्रह पनि छोडिसकेको छ । तर अझै पनि भारतले उन्नत देशको दाँजोमा पुग्न धेरै कुरा गर्न बाँकी रहेको छ ।

आज पनि भारतलाई त्यहाँको प्रगतिको फाइदा उठाउने २० करोडको ‘इण्डिया’ भनिन्छ । त्यहाँका १ अर्ब १० करोड मानिसलाई भारतबासी भनिन्छ । यसको प्रष्ट अर्थ हो कि असमानताको खाडल त्यहाँ अत्यन्तै ठूलो छ । त्यहाँका किसानले आत्महत्या गर्नु परिरहेको छ । मदजुरहरुको कामको सुरक्षा छैन । महिलाहरुको सबभन्दा बढी बलात्कार र हत्या गरिने देशको रुपमा इण्डिया परिचित छ ।

त्यत्रो स्वतन्त्रताको लागि लडेको भारतको आफ्ना वरिपरीका कुनै पनि छिमेकी मुलुकहरुसँग सम्वन्ध राम्रो छैन । पाकिस्तानको कुरा त माथि नै पनि आइनै सक्यो । चीन, नेपाल, भूटान, श्रीलंका, माल्दीभ्स, बंगलादेश कुनै पनि सीमाना जोडिएका निकट देशहरुसँग भारतको किचोला छ । नेपालको त कालापानी, लिपुलेक, लिम्पियाधुरामा बर्षौदेखि फौजी अखडा नै बनाएर इण्डिया बसेको छ भने सुस्ता लगायत देशका ७१ स्थानमा सीमा मिचिएको छ । अनेक असमान सन्धिहरु गरेर नेपाललाई आफ्नो प्रभाव क्षेत्रमा राखिराख्ने हिसाव किताबले भारतीय शासक बर्ग चलेको छ । यी सबै हाम्रो स्वाधीनता, अखण्डता र स्वाभीमान बिरोधी अतिक्रमणकारीगतिबिधिले समेत भारतीय सत्ता प्रतिष्ठान बृटिशकालीन साम्राज्यबादी मानसिकता बोकेरै छिमेकीहरुसँग प्रस्तुत हुने गर्दै आएको देखिन्छ । यो भारतीय स्वतन्त्रता संग्रामको पनि मर्म र भावना बिपरीत कुरा हो । यस्तो मानसिकता त्यागेर पञ्चशील, संयक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय संबिदा र कानुनहरुका आधारमा परस्पारिक साझा हित र सम्मान तथा समानताको बाटोा चल्ने नगरेसम्म भारतको अभिजात बर्गीय साशन सत्तासँग कुनै पनि छिमेकी देशहरुको सम्बन्ध सुध्रिने देखिदैन । अनि भारतीय जनताले स्वतन्त्रताका लागि त्यत्रो त्याग, बलिदान र रोमहर्षकारी संघर्ष गरेको सार्थकता पनि रहँदैन । नेपाल र भारतका जनताले यो कुरालाई गम्भीरताकासाथ लिएर पारस्परिक साझा हितलाई अघि बढाउन सिक्नु र सक्नु पर्दछ । किनभने दुबै देशका जनताको साझा स्वार्थ र हित साम्राज्यबाद बिरोधी तथा सामन्तबाद बिरोधी रहेको छ । दुइ देश बीचको यो जन–मैत्री अमर रहोस् ।

वि.सं.२०७७ साउन ३१ शनिवार ०९:३४ मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...