
१.
आफ्ना नै पर जान्छन्,
तिनैले कलेजो खान्छन् ।
अप्ठ्यारोमा पराइले नै,
बरु हात दिएर तान्छन् ।
२.
मैले जीवनमा चक्रवात देखें,
असिम विस्वास माथि घात देखेँ ।
मृत्युले एक पल्ट छोएर गयो,
कालो रात घनघोर वर्षात देखें ।
३.
जिन्दगी नदीको किनार नहोस् बगर नहोस्,
तिम्रो कुनै इच्छा र रहरहरु खण्डहर नहोस् ।
मेरा सबै यादहरु जलाइ दिनु सकेसम्म प्रिय !
तिमीलाई कतैबाट मेरो मृत्युको खबर नहोस् ।
४.
देश भक्तीको गीत गाउदैमा देशभक्त होइदैन,
ठुल्ठुला नारा घन्काउदैमा देशभक्त होइदैन ।
देशभक्त हुनका लागि मुटुमा देश खोप्नुपर्छ,
लुगामा झण्डा बनाउदैमा देशभक्त होइदैन ।
५.
जनताले हिजो तिम्रो औकात देखेकै हो,
खाजा स्वरुप कटुसका पात देखेकै हो ।
आज चड्यौ सिंहासनमा छोटे राजा बन्दै,
रंग फेर्दै हिड्ने छेपारोको जात देखेकै हो ।
वि.सं.२०७७ साउन ३१ शनिवार ०९:२७ मा प्रकाशित





























