back
CTIZAN AD

प्रहरी प्रमुख तथा नायब महानिरिक्षकको नाममा कारण देखाऊ आदेश

वि.सं.२०७७ साउन ३२ आइतवार

663 

shares

 

३२ साउन, डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीसहित प्रहरी उपरीक्षक दिलीपसिंह देउवा र सम्बन्धित कार्यालयका नाममा उच्च अदालत दिपायल राजपुरले कारण देखाऊ आदेश जारी गरेको छ ।

उच्च अदालत दिपायल राजपुरका न्यायाधीश शेषराज सिवाकोटीको एकल इजलासले नायब महानिरीक्षक सुवेदीसहित तत्कालीन जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक देउवा, सङ्घीय प्रहरी एकाइ कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय अछामका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

आफूमाथि षड्यन्त्र गरेर झुटा मुचुल्का र प्रतिवेदन बनाएर जागिरबाट निकालेको भन्दै अछाममा कार्यरत तत्कालीन प्रहरी जवान दीपेन्द्र भट्टले उच्च अदालत दिपायल राजपुरमा पुनःवहालीका लागि रिट निवेदन दायर गरेपछि सोही रिटमाथि सुनवाइ गर्दै अदालतले यस्तो आदेश जारी गरेको उच्च अदालत दिपायल राजपुरका रजिष्ट्रार रणबहादुर कटवालले बताएका छन् ।

उनले भने “झुटा मुचुल््का र प्रतिवेदन बनाएर जागिरबाट निकालेको र पुनःवहालीका लागि प्रहरी जवान दीपेन्द्र भट्टले रिट दायर गरेका कारण उक्त रिटको सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी भएको छ, कारणबारे जानकारी आउँछ होला ।”

“भट्टजीले प्रहरी आचरण र नियमावलीविपरीत काम गरेकाले जागिरबाट हटाइएको हो, उहाँलाई हामीले चित्त नबुझे ३५ दिनभित्र अदालत जान पत्र दिएका थियौँ, अदालत जानु भएछ, हामी अदालतमा कुन कारणले उहाँलाई जागिरबाट हटाइएको हो सबै पेश गछौँं ।”

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले उच्च अदालतमा रिट निवेदन दर्ता गर्ने प्रहरी जवान भट्टले प्रहरी नियमावली तथा आचरणविपरीत काम गरेकाले जागिरबाट बर्खास्त गरिएको जिकिर गरेका छन् । उनले भने- जिल्ला प्रहरी कार्यालय अछामबाट घर बिदा गएका प्रहरी जवान भट्टलाई घर बिदाबाट फर्किएपछि प्रहरी प्रमुखले हाजिर हुन नदिएर ६० दिन गैरहाजिर रहेको भनी सेवाबाट हटाएको आरोप लागेको छ । रासस

वि.सं.२०७७ साउन ३२ आइतवार १०:५४ मा प्रकाशित

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...