back
CTIZAN AD

तीज गीत

वि.सं.२०७७ भदौ ३ बुधवार

1.2K 

shares

भदौरे रिमझिम प्रकृतिमा पनि आँखामा मेरो अनि
बन्दी छु घरमा मारिने डरमा खुम्चनेछन् रहर पनि

संसारै समेटी चबाउन भनि तम्सेको छ लौ जीव
त्राही छ नभमा हाहाकार जगमा के देख्नु पर्यो ईश

बन्दगी भयो लौ संस्कार, सभ्यता आशा र इच्छा अनि
भेट्ने छु तीजमा भनेर बीचमा भेटीने आमा पनि

न संगी सँग छु रमाउन यहाँ न आमाको साथमा
तीज आयो दैलोमा दर्शैँ र भैलोमा एक्लै परे आज म

लामोथ्यो तीज त घटेर ठिक भो भन्नु पो के नै छ र
बाँचेमा भेटौँला रहर मेटौला, बसौ आ–आफ्नै घर ।

(२०७७ सालको तीजको सबैमा शुभकामना।)

वि.सं.२०७७ भदौ ३ बुधवार ०९:०५ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...