back
CTIZAN AD

महामारीको अवधिमा कुन क्षेत्रमा कति नेपाली यूवाले रोजगारी गुमाए ?

वि.सं.२०७७ भदौ ४ बिहीवार

867 

shares

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को महामारीले विगत ५ महिनादेखि नेपालको सम्पुर्ण उत्पादन तथा वितरणको क्षेत्रमा प्रभाव पारेको छ । जसकारण लाखौं नेपाली यूवाले खाइपाई आएको रोजगारी पनि गुमाउन बाध्य भएका छन् ।

अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) र एसियाली विकास बैंक (एडीबी)ले गरेको सर्वेक्षणअनुसार महामारीका कारण नेपालमा बेरोजगारीको दर दोब्बर भएको छ । आईएलओ र एडीबीले ‘एसिया–प्रशान्त क्षेत्रमा कोभिड–१९ का कारण युवा रोजगारी संकटसँग सामना’ नामक विषयमा तयार पारेको प्रतिवेदनमा छोटो अवधिमै लाखौं युवाहरुले रोजगारी गुमाएको उल्लेख छ ।

सर्वेक्षणअनुसार कृषि, खुद्रा व्यापार, होटल रेष्टुराँ, यातायात र निर्माणलगायतका क्षेत्रमा काम गर्ने लाखौं नेपाली यूवाले रोजगारी गुमाएका छन् । महामारीका कारण वस्तु तथा सेवाको वितरण र मागमा आएको गिरावटका कारण रोजगारी गुम्ने समस्या आएको प्रतिवेदनमा उल्लेख छ ।

निर्माण क्षेत्रबाट सबैभन्दा बढिले रोजगारी गुमाए

आईएलओ र एडीबीको तर्फबाट नेपालका विभिन्न सात वटा क्षेत्रमा गरिएको सर्वेक्षणमा सबैभन्दा बढि निर्माणको क्षेत्रमा काम गर्ने यूवाहरुको रोजगारी गुमेको देखिन्छ । प्रतिवेदनमा उल्लेख भएअनुसार निर्माण क्षेत्रमा काम गर्ने २१.७ प्रतिशत यूवाले आफ्नो रोजगारी गुमाएका छन् ।

प्रतिवेदनअनुसार निर्माणपश्चात सबैभन्दा बढि खुद्रा व्यापारमा काम गर्ने श्रमिकले आफ्नो रोजगारी गुमाएका छन् । प्रतिवेदनमा उल्लेख भएअनुसार खुद्रा व्यापार क्षेत्रमा काम गर्ने १३.५ प्रतिशत मजदुरले रोजगारी गुमाएका छन् ।

त्यसैगरि कृषिमा १२.७, होटल रेष्टुरेन्टमा १२.८, टेक्सटायलमा ४.५ र अन्य सेवामा ७.९ प्रतिशत यूवाहरुले रोजगारी गुमाउन पुगेका छन् ।

कोरोनाबाट नेपालमा भन्दा भारतमा धेरैले रोजगारी गुमाए

आईएलओ र एडीबीले संयुक्त रुपमा एसियाली क्षेत्रका विभिन्न मुलुकका रोजगारी क्षेत्रमा कोभिड–१९ले पारेको प्रभावबारे सर्वेक्षण गरि प्रतिवेदन तयार गरेको थियो । आईएलओ र एडीबीले तयार गरेको सर्वेक्षण प्रतिवेदनमा कोरोनाको कारण कम्बोडिया, लाओस, भारत, पाकिस्तान, फिजी र बंगालादेशमा धेरै ठुलो संख्यामा रोजगारी गुमेको बताइएको छ ।

प्रतिवेदनअनुसार भारतमा भन्दा नेपालमा तुलनात्मक रुपमा थोरैले रोजगारी गुमाएको उल्लेख छ । प्रतिवेदनमा उल्लेख भएअनुसार भारतमा कृषि र निर्माण क्षेत्रमा धेरैले रोजगारी गुमाएका छन् । प्रतिवेदनअनुसार भारतमा निर्माण क्षेत्रमा काम गर्ने २८.८ प्रतिशत युवाले रोजगारी गुमाएका छन् भने निर्माण क्षेत्रमा काम गर्ने २४.६ प्रतिशतले रोजगारी गुमाएका छन् ।

जसको तुलनामा नेपालमा कृषि क्षेत्रमा काम गर्ने १२.७ प्रतिशत युवाले रोजगारी गुमाएका छन् भने २१.७ प्रतिशत युवाले निर्माण क्षेत्रबाट रोजगारी गुमाएका छन् । प्रतिवेदनमा उल्लेख भएअनुसार होटल तथा रेष्टुराँ क्षेत्रमा काम गर्ने १२. ८ प्रतिशत युवाले रोजगारी गुमाएका छन् ।

युवा बेरोजगारी दोब्बर हुने अनुमान

प्रतिवेदनले काम गर्ने समय र आम्दानीमा कमीसहितको रोजगारीको अवरोध, ज्यालादारी र स्वरोजगार दुवैले रोजगारी गुमाउने कुरा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार कोरोनाका कारण शिक्षा र प्रशिक्षणमा अवरोधसँगै युवाहरुमा सिर्जनात्मक रोजगारीको अवसर पनि गुमेको उल्लेख छ ।

प्रतिवेदनले सन् २०२० मा एसिया–प्रशान्तका १३ देशहरूमा १ करोडदेखि १ करोड ५० लाख युवाले रोजगारी (पूर्णकालीक समयका अनुपातमा) गुमाउने अनुमान गरेको छ । नेपाल बाहेक कम्बोडिया, फिजी, पाकिस्तान, फिलिपिन्स र थाइल्यान्डमा युवा बेरोजगारी दर कम्तिमा २०१२ को अनुमानमा दोब्बर हुने प्रक्षेपण गरेको छ ।

स्रोत : एसियन विकास बैंकको अगस्ट प्रकाशनबाट
स्रोत : अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) र एसियाली विकास बैंक (एडीबी)ले तयार गरेको सर्वेक्षण प्रतिवेदन

वि.सं.२०७७ भदौ ४ बिहीवार १९:०५ मा प्रकाशित

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...