
पानीका सबै मुहान मुल नहुन सक्छ !
फक्रीने जति सबै फूल नहुन सक्छ !
माफी माग्यो भन्दैमा यो नसोच्नुस महोदय,
माफी माग्नेको नै सधै भुल नहुन सक्छ !
माया प्रेम ब्यर्थै हो भनेर भन्नुहुन्छ तपाईं,
मुटुको व्यापार सबै फजुल नहुन सक्छ !
बुझ्नुस् जहाँ किताब रटाईन्छ सुगा रटाएझै,
ती सबै सबै पाठशाला स्कुल नहुन सक्छ !
तँपाईं भन्नुहुन्छ माया गरेबापत माया चाहिँन्छ,
किन बुझ्नुहुन्न सबैको माया कवुल नहुन सक्छ !!
वि.सं.२०७७ भदौ ६ शनिवार ०८:२८ मा प्रकाशित






























