
१
बाहिर हातेमालो,
उज्यालो भित्रको कालो,
सेतो कोटमा घाउ आलो ।
२
विद्यार्थीको संघर्ष,
अभिभावकको खुन,
मेडिकल माफिया मोज !
३
युवा पुस्ता नेटमा,
नेता भ्रमण भेटमा,
देश चाहिँ चङ्गा चेटमा !
४
नालापानीमा सेलायो,
मेलम्चीमा भेल आयो,
मन्त्री फेरेर खै के लायो ?
५
बुझ्नै गाह्रो चरित्र,
जिन्दगी भो चलचित्र,
बाहिर ठिक्क भित्र दिक्क ।
६
भौतिकतामै चाख,
चिल्लो बोली ठूलो नाक,
पेडा खायो प्याजको धाक !
(प्याज महङ्गिदा)
७
मानिने छैन हार,
कोशिश यो बारम्बार,
गल्दैन झन् उठ्छ पहाड !
८
के हुदैछ संसार ?
एसिड बन्छ मुहार,
नारी माथिको अत्याचार ।
९
माया भन्ने मात्र हो,
बिक्दछ सब पैसामा,
शक्ति जसको भक्त उसैको ।
१०
अफ्ठ्यारोमा छन् सब,
खल्ती भर्ने मतलब,
आमाको पीडामा उत्सव !
वि.सं.२०७७ भदौ ६ शनिवार ०८:३० मा प्रकाशित






























