काठमाडौं । दक्षिण कोरियाका पूर्व गुप्तचर अधिकारी चांग सों मिनले उत्तर कोरियाका राष्ट्रपति किम जोंग उन कोमामा रहेको कुरा दाबी गरेका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमसँगको कुराकानीमा उनले केहि महिनादेखि राष्ट्रपति किम कोममा रहेको र देश बहिनीले चलाईरहेको कुरा खुलासा गरेका हुन् ।
उनले बताएअनुसार किम केहि महिनादेखि गम्भीर बिरामी परि कोमामा पुगेका हुन् । उनले कोमामा रहेको पुष्टी भएपनि बिरामी के हो भन्ने पुष्टी नभएको पनि उल्लेख गरेका छन् ।
एक महिना पहिला पनि किम गम्भीर बिरामी भएको विषय चर्चामा आएको थियो । तर, लगत्तै उनले एक कार्यक्रमको उद्घाटन गरेको तस्बिरहरु सार्वजनिक भएको थियो ।
किम कोमामा छन् तर जिउँदै छन्
सञ्चार माध्यमसँगको कुराकानीमा गुप्तचर अधिकारी सों मिनले किम जोंग उन जिउँदै रहेको तर कोमामा रहेको बताएका छन् । उनले जनाएअनुसार उत्तर कोरियाको कमाण्ड हाल किमकी कान्छी बहिनी किम यो जोंगले सम्हालीरहेकी छिन् ।
जोंग यसअघि पनि दाजुलाई सत्ता नजिक रहेर सहयोग गरिरहेकी थिइन् । किमले बहिनीलाई केही अधिकारीसहित सत्ता सञ्चालनमा भूमिका दिएका थिए ।
बहिनीलाई किन सत्ता दिइयो ?
गुप्तचर प्रमुख चांग सोंले बताएअनुसार किमकी बहिनी जोंगले पुरै अधिकारीसहित सत्ता चलाइरहेकी छैनन् । उनले आफ्नो दाजु बिरामीबाट मुक्त हुने आशासहित सरकार सञ्चालनमा एकलौटी गरेकी छैनन् ।
३३ वर्षकी जोंगको बारेमा पछिल्लो महिना मात्रै केही विषय चर्चामा आएका थिए । उनलाई किमले केही अधिकार दिएको विषयमा चर्चा चलाईएको थियो ।
सम्बन्धित समाचार
किमले बहिनीलाई किन सुम्पे महत्वपूर्ण अधिकार ? के किम कमजोर भएका हुन् ?
वि.सं.२०७७ भदौ ८ सोमवार १३:२६ मा प्रकाशित






























