back
CTIZAN AD

सम्धी बन्ने सपना

वि.सं.२०७७ भदौ ११ बिहीवार

915 

shares

सुने छोरा मेरो वचन गतिलो जीवन ‌‌बनोस्
छिमेकी डिग्रीको परिचय मिलोस् डाक्टर भनोस्
कतै यौटै छोरी प्रमुख जनका मिल्दछ भनेस्
तँ आँटेस् प्रेमैमा लटपट गरेस् सार्थक बनेस् (१)

भएस् ज्वाईँ छोरा शुभ दिन रहोस् जीवन सदा
म सम्धीको नाता म पनि त पुगी उच्च पदमा
सधैँ हाम्रो मस्ती सुख सयलमा बित्तछ जुनी
अरू हे¥या हे¥यै जति पनि पढोस् पर्दछ मुनी (२)

कतै कोही पोख्ला कटु वचन जो हुन्छ बिचरा
उनै सम्धी मेरो अगि अगि बढी बोल्दछ बरा
सके सम्धी ज्वाईँ भतिज अथवा गोत्र त मिलून्
नसक्दा डाहैले छटपट गरून् वा थुक निलून् (३)

अहो सम्धी मेरा गजब अब भो धन्य हजुर
भनी राख्दा मैले मुसुमुसु गरी चढ्छ गजुर
अरूका सामुन्ने खलक सब यी उच्च छ छवि
र नाताको पाटो पुलकित भई हाँस्दछ रवि (४)

“यसै गर्दै खाऊन् मुलुकभरका स्रोत सब ती
मरे मर्दै जाऊन् सकल कर तिर्ने जन जति
भुँडी फोर्ने कीरा जब जब पसे नित्य फलमा
झसङ्गै ती बन्लान् धुरुधुरु गरी अन्त्य पलमा” (५)

वि.सं.२०७७ भदौ ११ बिहीवार १०:०१ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...