back
CTIZAN AD

रिलायन्स लाइफको आईपीओ बाँडफाँड, तपाईँलाई पर्याे परेन ? यसरी हेर्नुहाेस्

वि.सं.२०७७ भदौ १३ शनिवार

837 

shares

काठमाडाैं । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ। इन्स्योरेन्सले भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओ शुक्रबार बाँडफाँड गरेकाे हाे ।

बिक्री प्रबन्ध सानिमा क्यापिटलका अनुसार कम्पनीको आईपीओमा अनुसार २० हजार ५०९ जनाले आइपीओ नपाउने भएका छन्। कम्पनीको आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाबाट आबेदन परेका छन्। त्यस मध्ये एक हजार ९५५ वटा आवेदनहरु रद्द भएका छन् भने ५ लाख ८७ हजार ५०९ वटा योग्य आवेदन परेका छन् ।

कम्पनीले कुल ६३ करोड रुपैंया बराबरको ६३ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये सामुहिक लगानी कोषहरुका लागि ३ लाख १५ हजार कित्ता र कर्मचारीहरुका लागि पनि ३ लाख १५ हजार कित्ता शेयर छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार योग्य आबेदकलाई न्युनतम १० कित्ताका दरले बितरण गर्दा ५ लाख ६७ हजार जनाले मात्रै कम्पनीको शेयर पाउका हुन् । बाँकी २० हजार ५०९ जनाको भने खालि हात भए ।

बिक्री प्रबन्ध सानिमा क्यापिटलका अनुसार इन्स्योरेन्सको आईपीओमा ४.०४ गूणा बढी आवेदन परेको थियाे ।

आईपीओ रिजल्ट मेरोलगानीमा यसरी हेनुहोस्

आईपीओको नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपीओ (IPO) शिर्षक भित्र रहेको आईपिओ रिजल्ट ( IPO RESULT) मा जानुहोस् ।

त्यसपछि, आईपीओको नतिजा हेर्नुपर्ने सम्बन्धीत कम्पनी रिलायन्स लाइफ इन्स्याेरेन्स छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपीओ पर्यो कि परेन हेर्न सकिनेछ।

वि.सं.२०७७ भदौ १३ शनिवार ०९:३९ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...