back
CTIZAN AD

जमैकाको सिपिएलमा तेस्रो जित, सन्दिपले लिए २ विकेट

वि.सं.२०७७ भदौ १४ आइतवार

795 

shares

१४ भदौँ, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाजले सिपिएलमा तेस्रो जित निकालेको छ । जमैकाले आफ्नो छौठौँ खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोसलाई ३७ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको जमैका तलैवाजले २० ओभरमा ६ विकेट गुमाउदैँ १४७ रन बनाएको थियो । जमैकाका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७९ रन बनाएका थिए । सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोसका लागि बलिङ्गमा रायाद एमरिटले सर्वाधिक ३ विकेट लिएका थिए ।

जमैकाले दिएको १४८ रनको लक्ष्य सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोसले १९.४ ओभर खेल्दा पनि पुरा गर्न सकेन । सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोसले १९.४ ओभरमा ११० रन बनाउदाँ पुरै १० विकेट गुमायो । सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोसका लागि ब्याटिङ्गमा काइरण पवेलले सर्वाधिक २१ रन बनाएका थिए । जमैकाका लागि बलिङ्गमा भने कार्लेस ब्रेथवेटले सर्वाधिक ३ विकेट लिएका थिए ।

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले आफ्नो छैठौँ खेलमा पनि उत्कुष्ट बलिङ्ग गरेका छन । उनले आफ्नो ४ ओभरमा २७ रन दिदैँ २ विकेट निकालेका थिए ।

त्यसैगरी हिजो बेलुका भएको अर्को खेलमा ट्रिनबागो नाइट राइडर्सले बार्बडोस ट्राईडेन्सलाई २ विकेटले पराजित भएको छ ।

वि.सं.२०७७ भदौ १४ आइतवार ०७:५४ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...