back
CTIZAN AD

आज शुक्रबार, हेर्नुहोस् कस्तो छ त आजको तपाईको राशिफल ?

वि.सं.२०७७ भदौ १९ शुक्रवार

585 

shares

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ । खर्च लागे पनि गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ हुने छ । तर काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ । लाभांश सञ्चय गर्न नसकिएला । अरूका लागि खर्च हुनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बाध्यात्मक परिस्थितिले अलमल्याए पनि समय उपलब्धिमूलक नै रहनेछ । शुभचिन्तकहरूले साथ दिने हुँदा पहिलेको चुनौती समाप्त हुनेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ । प्रयत्न गर्दा दिगो काममा जग बसाउन सकिनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थिति अनुकूल नभए पनि मिहिनेतको नतिजा राम्रै हुनेछ । कामको चाप बढ्ने समय छ । स्वास्थ्य कमजोर रहनाले लामो समय काममा जुट्न नसकिएला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । पेसातर्फ लाभ उठाउन नसकिए पनि सकारात्मक संकेत प्राप्त हुनेछ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ । छोटो समयमा फाइदा लिन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । उपहारले काममा उत्साह जगाउला । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले उत्साह जगाउनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसरका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ला । हल्लाको पछि लाग्दा अलमल हुनेछ । तापनि लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ । हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला । लगनशीलताले पछि फाइदा दिलाउन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । व्यवसायमा मनग्गे धनलाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ । पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउनलान् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। अवसर बाहेक हठात् निर्णय गर्दा समस्या देखिन सक्छ । खानपान र भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा पुग्नेछ । तापनि मिहिनेत गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ ।

वि.सं. २०७७ भदौ १९ शुक्रवार (इ.स. २०२० सेप्टेम्बर ४) 
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

यस्तो छ तपाईको आज (विहिबार)को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?

 

वि.सं.२०७७ भदौ १९ शुक्रवार ०८:०४ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...