back
CTIZAN AD

पाकिस्तानले भाङको औद्योगिक उत्पादन गर्ने

वि.सं.२०७७ भदौ १९ शुक्रवार

714 

shares

भदौँ १९ । पाकिस्तानले भाङको औद्योगिक उत्पादनलाई अनुमति दिने योजनालाई सार्वजनिक गरेको छ ।

सरकारको यो योजनासँगै इस्लामिक गणतान्त्रिक मुलुकका किसान र व्यवसायीहरूले आकर्षक विश्वव्यापी भाङ बजारमा रहेको मागलाई सम्बोधन गर्न सक्ने र यसबाट लामो समय कमजोर देखिएको विदेशी मुद्राको सञ्चिति हुने सरकारी अधिकारीले विश्वास लिएका बताइएको छ ।

प्रधानमन्त्री इमरान खानको सरकार कमजोर अर्थतन्त्र, वित्तीय घाटा र मुद्रास्फीतिले ग्रस्त आर्थिक अवस्थालाई प्रोत्साहन गर्न संघर्ष गरिरहेको अवस्थामा यो योजना चर्चामा आएको हो ।

“यो भाङ बजारले पाकिस्तानलाई आगामी तीन वर्षमा एक अर्ब अमेरिकी डलरआम्दानी दिनसक्नेछ त्यसैले हामी यस उद्देश्यका लागि पूर्ण योजना बनाउने प्रक्रियामा छौं,” विज्ञान तथा प्रविधि मन्त्री फवाद चौधरीले पत्रकारहरुसँगको कुराकानीमा बताए ।

क्यानाबिडियोल (सीबीडी) युक्त भाङ एक प्रकारको जडिबुटीजन्य खेती हो जसमा धेरै प्रकारको औषधी बनाउने गुण हुन्छन् ।

वि.सं.२०७७ भदौ १९ शुक्रवार ०७:२१ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...