back
CTIZAN AD

तत्काल मन्त्रिपरिषद पुर्नगठन नहुने, मन्त्रिहरुलाई प्रधानमन्त्रीले भने, ‘ढुक्क भएर काम गर्नुस !’

वि.सं.२०७७ भदौ १९ शुक्रवार

759 

shares

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठन तत्काल नहुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुनर्गठन हल्ला मात्रै भएको स्पष्ट पारेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई ‘ढुक्क भएर काम गर्नुस’ भन्ने निर्देशन गरेका थिए । बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन आफुँहरुविरुद्वको प्रचार मात्रै भएको टिप्पणी गरेका थिए ।

पार्टी विवाद समाधान गर्न गठित कार्यदलले सुझाव बुझाएसँगै मन्त्रिपरिषद पुनर्गठनको चर्चा चुलिएको थियो । यसअघि विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीमा पनि ओलीले मन्त्रिपरिषद पुनर्गठनबारे योजना बनाईरहेको बताएका थिए ।

खतिवडाले मागे बिदाई

शुक्रबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवाडले बिदाई मागेका थिए । उनले सरकार बाहिरै रहेर पनि सहयोग गर्न तयार रहेको कुरा राखेको जनाइएको छ । बैठकमा खतिवडाले आफ्नो कार्यकालमा गरेका कामहरुबारे ब्रिफिङ्ग गरेको बुझिएको छ ।

राष्ट्रिय सभा सदस्य रहेका खतिवडाको पदावधि भोली (शनिबार)देखि सकिँदैछ । उनको ठाउँमा पार्टी उपाध्यक्षसमेत रहेका नेता बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय सत्तारुढ नेकपाले गरिसकेको छ ।

तर, बामदेवको नाम सिफारिस भएन

शुक्रबारको मन्त्रिपरिषद बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने अपेक्षा गरिएको थियो । तर गौतमको नाम सिफारिस नगरी बैठक सकिएको छ ।

बिहिबारको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । यसअघि ०७६ फागन १४ मा बसेको सचिवालय बैठकले पनि उनलाई राष्ट्रिय सभा सदस्यको रुपमा सरकारले सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

तर, निर्णय गर्ने सबालमा प्रधानमन्त्रीसमेत रहेका ओलीले सहमतीय नजनाएसँगै निर्णय ओझेलमा पर्दै आएको थियो ।

वि.सं.२०७७ भदौ १९ शुक्रवार १६:०९ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...