back
CTIZAN AD

अरु देशबिचको द्वन्द्वमा नेपाल सहभागी नहुने – नेता नेपाल

वि.सं.२०७७ भदौ १९ शुक्रवार

915 

shares

१९ भदौ, काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरीष्ठ नेता माधवकुमार नेपालले अरु देशबिचको द्वन्द्वमा नेपाल सहभागी नहुने बताएका छन् ।

नेपाल इस्टिच्युट्स अफ इन्टरनेशनल रिलेशन्स (एनआइआइआर) र चाइना सेन्टर फर साउथ एशियन स्टडिज, सिचुआन युनिभर्सिटीको संयुक्त आयोजनामा शुक्रबार आयोजना गरिएको वेबिनारमा नेता नेपालले कुनै सैन्य गुटमा नलाग्ने असंलग्नताको नीति कायमै गर्ने बताएका हुन् ।

सत्तारुढ दलको विदेश विभाग प्रमुख समेत रहेका पूर्वप्रधानमन्त्री नेपालले पञ्चशीलका सिद्धान्तमा सबैसँग सु–सम्बन्ध राख्ने र असंलग्न अभियानको शुरुआत गर्ने मुलुक भएको प्रष्टयाउँदै कुनै पनि देशबीचको द्वन्द्वमा सहभागी नहुने बताएका हुन् ।

हालै भारत र चीन बिच भएको तनाबतर्फ संकेत गदै नेता नेपालले चीन र भारत दुवै छिमेकी मुलुकसँग कुनै विषयमा फरक मत देखिए पनि तथ्यका आधारमा वार्तामार्फत नै समाधान गर्न सकिने विश्वास व्यक्त गरका छन् । उनले छिमेकी मुलुकसँग रहेका मतभिन्नताहरु उपर्युक्त तहमा लगेर शान्तिपूर्ण तबरले अन्त्य गर्नुपनमा जोड दिएका छन् ।

नेता नेपालले एमसीसी बारे धारणा राख्दै ‘नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने’ पनि स्पष्ट पारे । उनले भने ‘पार्टीको बैठकले एमसीसी लाई संशोधन सहित पारित गर्ने निर्णय गरेको छ । नेपाल कुनै सैन्य गठबन्झनमा सहभागी हुने छैन र एमसीसी का कतिपय शर्त स्वीकार्य छैनन् ।’

सो अवसरमा नेपालमा तुलनात्मक लाभका क्षेत्र पहिल्याएर कृषि, पर्यटन र जलविद्युत क्षेत्रमा वैदेशिक लगानी प्रवद्र्धन मार्फत नेपाल अगाडि बढ्न चाहेको बताउँदै उनले त्यसका लागि उच्चतम प्रविधि प्रयोग गरेर अगाडि बढ्न चाहेको प्रसङ्ग जोडेका थिए ।

कार्यक्रममा चीनको इस्टिच्युसन फर साउथ एशिया स्टडिजका निर्देशक प्रा डा हु सिचाङले चीन, नेपाल र भारतबीच सहकार्य हुनुपर्नेमा जोड दिँदै त्यसका लागि द्विपक्षीय विषयलाई तेस्रो पक्षले ख्याल गर्नुपर्ने बताए । उनले ट्रान्स–हिमालय मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्कको प्रभावकारिता र चीन–भारतबीचको सम्बन्धले नेपालको समृद्धिमा महत्वपूर्ण प्रभाव पार्ने बताएका थिए । यसैगरी आगामी दिनमा दक्षिण एशियामा नेपालको भूमिका महत्वपूर्ण भूमिका हुने विश्वास पनि व्यक्त गरे ।

‘साँप पनि मरोस्, लौरो पनि नभाँचियोस्’ भन्ने अर्थमा नेपालको कूटनीति अगाडि बढ्नुपर्ने बताउँदै भारतको सिक्किम विश्वविद्यालयका उपकुलपति प्रा. डा. महेन्द्र पी लामाले सन्तुलित कूटनीति अपनाएर अगाडि बढदामात्र नेपालको हित हुनेमा जोड दिए ।

एनआइआइआरका उपाध्यक्ष तथा कार्यक्रमका सहजकर्ता युवराज चौलागाईले चीन र भारतबीच सुसम्बन्ध हुँदा नेपालसहित दक्षिण एशियाकै समृद्धिमा योगदान पुग्ने धारणा राख्दै शुरु गरीएको सो कार्यक्रममा वक्ताहरुले प्रश्नको उत्तर समेत दिएका थिए ।

‘परिवर्तित विश्व भूराजनीतिमा नेपालको बिदेश नीति’ नामक शिर्षकमा भएको सो वेबिनारको अध्यक्षता आयोजक सिचुहान युनिभर्सिटीका कोअर्डिनेटर प्रा डा हुवान युचङले गरेका थिए ।

वि.सं.२०७७ भदौ १९ शुक्रवार १८:३६ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...