back
CTIZAN AD

वलिवुड नायक सुशान्त सिंह आत्महत्या प्रकरणः यस्तो रह्यो जेलमा रियाको पहिलो दिन

वि.सं.२०७७ भदौ २५ बिहीवार

687 

shares

२५ भदौ, काठमाडौं । ड्रग्स केसमा हिरासतमा लिएपछि १४ दिनको लागि जेलमा पठाईएकी भारतीय कलाकार रिया चक्रवर्तीले बुधबार पहिलो दिन दाल, भात खाएको र राति भुँइमा सुतेको बताइएको छ ।

नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबी) ले मंगलबार उनलाई पक्राउ गरेपछि तल्लो अदालतमा लगिएकी रियालाई अदालतले १४ दिनको न्यायिक हिरासतमा राख्न आदेश दिएपछि भायाखेल जेलमा लगिएको थियो ।

भारतीय संचारमाध्यका अनुसार रियाले जेलमा पुगेको पहिलो दिन जेलका कर्मचारीसँग मात्र कुरा गरेकी थिइन् । उनलाई दिउँसोको खानाका रुपमा भात, दाल र २ वटा रोटी तथा तरकारी दिइएको थियो । उनले दिउँसो जेलका कर्मचारीसँग पढ्नका लागि केही किताव समेत मागेकी थिइन् ।

श्रोतका अनुसार रिया रातमा राम्रोसँग निदाइनन् । रातिमा धेरैपटक उठेर बसेकी थिइन् । जेलभित्र उनलाई एक ब्लांकेट, सेतो तन्ना र डेंटल किट उपलब्ध गराइएको थियो ।

आफूले शुसान्तको लागि ड्रग्स खरिद गर्ने गरेको एनसीबीका सामु स्वीकारेपछि रियालाई १४ दिनका लागि न्यायिक हिरासतमा लिएपछि भायाखल जेलमा पठाइएको थियो । रिया र उनको भाइ शोविकको रिहाइका लागि आज मुम्बईको सेशन कोर्टमा सुनुवाइ हुने बताइएको छ ।

स्मरण रहोस् वलिवुड नायक सुशान्त सिंह राजपुत १४ जुनको आफ्नै फ्लाटमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । सुरुमा वलिवुडमा हुने चरम नातावादका कारण नयाँ कलाकारहरुले वलिवुड क्षेत्रमा सहज पहुँच नपाउने र पाइहाले पनि संघर्ष गरिरहेका नयाँ कलाकारहरु त्यहाँभित्रको हेपाहा प्रवृत्तिका कारण डिप्रेशनमा जाने र आत्महत्याका कदम समेत उठाउन बाध्य हुने भनेर व्यापक आवाज उठेपनि पछिल्लो चरणमा बिहार प्रहरी हुँदै सीबीआईसम्म पुगेको उक्त आत्महत्या केसमा नयाँ नयाँ खुलासा हुँदै गएका छन् ।

वलिवुड नायक सुशान्त सिंह आत्महत्या प्रकरणः रियालाई जेल सजाय

वि.सं.२०७७ भदौ २५ बिहीवार १२:२० मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...