back
CTIZAN AD

शेखर वा शशांक मध्येबाटै एकजना चुनिनु उपयुक्त

वि.सं.२०७७ भदौ २८ आइतवार

762 

shares

आउने महाधिवेशनले पुरै बिबाद रहित नयॉ जोस जॉगरले भरिएका युबाहरु संलग्न समावेशी टिमको चयन गर्नुपर्नेछ। हैन पदको लागि उनै बारबार कार्यकर्ता र जनताबाट लगभग बहिष्कृत भएका “बनले आ आ र घरले जा जा  हुनै लागेका नेताहरु कै हातमा पार्टी नेतृत्व जाने हो भने भोलिका दिनमा पार्टीले त ठुलो दुर्घटना बेहोर्नु पर्ने छ नै देशले समेत ठुलो क्षेती खेप्नु पर्ने हुन्छ।

फाल्गुणमा हुने भनिएको नेपाली कांग्रेस पार्टीको महाधिवेशनले देश भित्र राजनैतिक हलचल शुरु त गरेको छ नै प्रबासमा पनि यस्ले राम्रै तरंग पैदा गर्दै छ। पार्टीको लागि सबै भन्दा महत्वपूर्ण पक्ष भनेको देशभरमा सक्रिय कृयाशिल सदश्यता नबिकरण, छानबिन र बितरण गर्ने कार्य प्रमुख हो । साथसाथै प्रबासमा रहेका पार्टिका भातृ संस्थाहरुलाई पनि पारदर्शी तरिकाले यसमा सहभागि बनाउनु पर्नेछ । यस्को लागि जतिसक्दो चॉडो भातृ संगठनहरुको अधिबेशन गराई सक्नुपर्ने हुन्छ । देशभित्रै कैयन मुद्दाहरु पार्टीले किनारा लगाउन बॉकि नै छ। छोटो समयमा ती थन्किएर कुनामा फालिएका बल्झाउने बिषयहरुको छिनोफानो लगाउन नसके त्यसले पार्ने नकारात्मक असर महाधिबेशनमा बाधकको रुपमा देखिने छन् ।

पार्टीको बिधान अनुसार अधिवेशन आउने फाल्गुण भित्र गराई सक्नुपर्ने छ। नत्र संबैधानिक संकटको सामना गर्न पनि पर्ने हुन्छ । कृयाशिल सदश्यता बितरण गर्ने कार्य अहिले सम्म भै सक्नु पर्ने हो तर नियत बस होस या नियति नै पक्षमा नभएर होस त्यस्तो हुन सकेको छैन। अधिवेशनको संघारमै आई पुग्दा केन्द्रले भटाभट नयॉ नयॉ बिभागहरुको गठन गर्दै पदाधिकारी तोक्नुले पार्टीपंक्तिमा शंका मात्र पैदा भएको छैन कि डर पनि ब्याप्त भएको कुराहरु स्वयम् केन्द्रीय नेताहरुले गुनासो, दुखेसो गर्दै आएका छन। यस्ता खाले नयॉ बिभागहरु खोल्नु थियो भने पनि समयमै हुनु पर्थ्यो। जस्ले पार्टीमा कार्यकर्ताहरुलाई काम गर्ने नयॉ हौसला हुन सक्थ्यो । त्यो हुन नसकेको आम गुनासो राजनितिक बजारमा ब्याप्त हुँदैछ।

अर्कोतर्फ अहिले बिश्व नै कोरोना कहरले आक्रान्त छ। एक ठॉउ बाट अर्को ठॉउमा जान सक्ने स्थिति छैन । देशको सबै भन्दा जेष्ठ पार्टी भएकोले पनि यस्को संम्बन्ध अन्तर्राष्ट्रीय संघ, संगठन र देशहरुसंग छ नै । महाधिवेशन जस्तो पार्टीको पर्बमा बिदेशी पाउनाहरुलाई आमन्त्रण गर्नु पर्ने चलन छ तर यस बिषम् परिस्थितिमा कसरी बिदेशी पाहुनाहहरु सहभागी हुन सक्लान त….? बिदेशमा बसेका आफ्नै कार्यकर्ताहरु पनि उपस्थित हुन कठिन अबस्था छ।

यसै परिबेशमा पार्टी भित्र अधिबेशन सार्नु पर्ने मॉग एकथरिको छ भने स्वयम् सभापतिलाई समयमै अधिवेशन गराउन नसकेको भन्ने कलंक लाग्ला कि भन्ने डर पनि पक्कै हुनु पर्छ । पार्टी भित्र एक पक्षले त अधिबेशन हुनै नसक्ने दाबि मात्र गरेको छैन कि यसबारे प्रचार समेत गर्न शुरु गरेको अबस्था छ। पार्टी अहिले तिनधारले अघि बढेको देखिन्छ। एउटा धारको नेतृत्व स्वयम् सभापति शेर बहादुरले, अर्को धारको नेतृत्व बरिष्ठ नेता रामचन्द्र पौडेल र तेश्रो धारको नेतृत्व कृष्ण प्रसाद सिटौलाले गरेका छन् । यी तिन मध्ये अलि मज़बूत सभापतिकै देखिन्छ । किनकि चार चार पटक प्रम अनि दुई दुई पटक पार्टी सभापति भएर नेतृत्व सम्हालेको कारणले पनि उनिसंग धेरै नेता कार्यकर्ताहरुको सामिप्यता हुनु अनौठो होइन । तर हालसालै उनकै क्याम्पबाट उपसभापति समेत रहेका बफादार भनेर चिनिएका र तराईको खास क्षेत्रमा राम्रो प्रभाब राख्ने अनुयायीले शेर बहादुरलाई आउने चुनाबमा सहयोग नगर्ने र आफै उठ्ने सार्वजनिक गर्नुले पनि देउबालाई असहज अबस्यै पारेको हुन सक्छ। तर केहि राजनितिक पण्डितहरु भने देउबाकै मिलोमतोमा बिमलेन्द्र निधिले पाशा फालेका हुन र भोलि बार्गेनिगं हुदा उनैलाई मार्ग प्रसस्त गर्ने छन भन्ने तर्क राख्दै छन। बिचको धारमा कोईराला परिबारका बिश्वास पात्रका रुपमा समेत चिनिएका रामचन्द्र पौडेल छन। तर उनको आफ्नै मात्र हैसियतले सभापति हुने स्थिति नभएको कुरा स्वयम् उनकै नजिकका मान्छेहरुले भन्दै आएका छन । कोईराला परिबारबाट खुलेरै शेखर र सशांक उठ्ने चर्चाले पनि रामचन्द्रलाई भोलिका दिनमा अझै मुस्किल हुने देखिन्छ । उनकै क्षेत्रमा कार्यकर्ताहरुमा उनि प्रति ब्यापक असन्तुष्टि भएको कुरा जगजाहेर नै छ । उता धेरै भन्दा धेरै कार्यकर्ताहरुले कोईराला परिबार बाटै पार्टिको नेतृत्व लिनु पर्नेमा तिब्र ईक्क्षा प्रकट गर्दै आएका छन। यदि कोईराला बन्धुहरुमा आपसि समझदारी हुन सकेमा स्वतस् राम चन्द्र पौडेलले छोड्ने छन र कोईराला बलियो दाबेदारिमा हुने छन । तर सशांक, सुजाता र शेखरको बिचमा समझदारी हुन सकेमा मात्र शेर बहादुर धारसंग प्रतिस्पर्धामा जान बल मिल्ने छ । अब आयो तेश्रो धार यसमा सिटौलाको पनि स्थिति एक्लै उठेर जित्ने देखिदैन र उहि बार्गेनिगंमा जानको लागि हो भन्ने प्रष्टै छ । तर राजनिति सधै संभावनाको खेल भएकोले भोलि के हुन्छ यसै भन्न सकिने स्थिति रहदैन। यस धारको बलियो खम्बाको रुपमा रहेका युबा नेता गगनले पनि जित्ने नदेखे पछि सधै च्याखे थापेर जॉदा झन आफ्नै छबि खराब हुने पक्कै बुझेको हुनु पर्छ।

आउने महाधिवेशनमा चुनाब भयो भने पहिले जस्तै दुई खेमाकै हुने । तर यसै बिचमा एक थरिले पावर बार्गेनिगं गरेर मिलाउने र चुनाब गर्न नहुने भन्ने तिर लागेको पनि गाईगुई हुदै छ। यदि यस्लाई मान्ने हो भने पुनस् शेरबहादुर पार्टी सभापति रामचन्द्र पौडेल राष्ट्रपति र कोईराला मध्य बाट उच्च पदमा राख्ने। तर यस सोचले त्यत्ति काम गर्ला भन्नेमा बिश्वास कमैको छ। हालसालै बिभिन्न समाचार, अन्तरबार्ता र सामाजिक संजालहरुको बिश्लेषण गर्दा के देखिन्छ भने पार्टी का बढि भन्दा बढि कार्यकर्ताहरु नेतृत्व परिबर्तनको पक्षमा छन । हालै एक प्रखर केन्द्रीय युबा नेताले त खुलेरै अब शेर बहादुर र राम चन्द्रहरुले नया युगको लागि मार्ग प्रसस्त गर्नु पर्छ हैन भने बिद्रोह समेत हुन सक्ने सम्मको भविष्यवाणी गरे। तर युबाहरुको जुन बाह्र जनाको कुरा छ त्यस मध्ये धैरै अहिले पनि माथिकै नेताहरुको दरबारमा धाउने र आफुले केहि गर्न नसक्ने बरु पावर बार्गेनिंगको लागि बखेड़ा गर्ने मात्रैको हो भन्ने जमात पनि कम छैन। यदि यसलाई सत्यताको सन्निकट मान्ने हो भने युबाबाट को त….? गगन….चन्द्र , प्रदिप, गुरु, धनराज बिश्व ……?  तर अहिले नै यी माथिका युबा नेताहरुलाई बहुमत कार्यकर्ताहरुले पुरै बिश्वासका साथ स्वीकार्न गाह्रै छ। बरु यिनिहरुले आफुलाई अर्को महाधिबेशनमा शिखर नेतृत्वमा पुग्ने मार्ग कोर्ने हो भने बिना संकोच शेखर र शशांक मध्यबाट एकलाई लिनु उपयुक्त हुन्छ। यसै बिचमा बिभिन्न अध्ययनले के देखाएको छ भने सशांक भन्दा शेखर कोईराला बलियो उम्मेद्वार हुन सक्ने छन । शेखरलाई धेरै भन्दा धेरै कार्यकर्ता र नेताहरुले स्वीकार्ने कुरामा उनमा भएको बिद्धता एबम् सादगिपनले पनि ठुलो साथ दिने कुरामा दुई मत नहोला। तर यस्को लागि ठुलै कसरत र कमिटमेन्टको जरुरी हुनेछ।

पार्टी भित्र झ्यागिदै गएको गुट उपगुटलाई समाप्त पारेर एक मजबुत कांग्रेस पार्टी होस भन्ने चाहना राख्ने आम कार्यकर्ताहरुको तिब्र इच्छा पनि यहि हो। देशको पुरानो पार्टी भित्र हुने कुनै पनि कुराले देशको राजनैतिक, आर्थिक, सामाजिक क्षेत्रमा प्रभाब पार्ने कुरा नकार्न सकिदैन। यदि कॉंग्रेस बलियो भयो भने देश नै बलियो हुने कुरामा दुई मत नहोला। अहिले पनि यस पार्टीमा लाखौ लाख कार्यकर्ताहरु पार्टीको लागि बलिदान दिन तयार छन । देश निर्माणको माहान यज्ञमा यिनै राष्ट्रबादि युबाहरुको योगदान रहन्छ। कार्यकर्ताहरु पार्टीको सम्पत्ति हुन भने नेताहरु यसका संरक्षक । हिजो पार्टीलाई बाहिरबाट संचालित छ भनेर आरोप लगाउने बिपक्षीहरुले अहिले आएर नेपाली कांग्रेसलाई राम्ररी बुझिसकेका छन । त्यो आरोपबाट कांग्रेस मुक्त भैसकेको अबस्था छ । अहिलेको दुई तिहाई भनेको ओली सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकि रहेको अबस्थामा यदि यस महाधिबेशनमा कांग्रेस एक ढिक्का भएर जान सकेमा सजिलै चुनाब जित्न सक्ने छ । तर यस्को लागि आउने महाधिवेशनले पुरै बिबाद रहित नयॉ जोस जॉगरले भरिएका युबाहरु संलग्न समावेशी टिमको चयन गर्नुपर्नेछ। हैन पदको लागि उनै बारबार कार्यकर्ता र जनताबाट लगभग बहिष्कृत भएका “बनले आ आ र घरले जा जा  हुनै लागेका नेताहरु कै हातमा पार्टी नेतृत्व जाने हो भने भोलिका दिनमा पार्टीले त ठुलो दुर्घटना बेहोर्नु पर्ने छ नै देशले समेत ठुलो क्षेती खेप्नु पर्ने हुन्छ।

अब समय छदै बरिष्ठ भनेका नेता गणहरुले नया पुस्तालाई सत्ता हस्तान्तरण गर्न सक्नु पर्छ नया पुस्तामा देखिएका नेताहरुमा आपसि समझदारि क़ायम हुन नितान्त आबश्यक छ। नेतृत्वको बागडोर कस्ले लिने र भाबि कार्यक्रम के कस्ता हुने भन्ने बिषयमा गहन छलफल हुनु जरुरी छ। युबा नेताहरु उनै जेष्ठ नेताहरुकै इर्द गिर्द घुमि रहने र निर्णय लिन नसक्ने हो भने पुनस्नेतृत्वमा नचाहेर पनि पुरानै चेहराहरु आउने छन। जुन कॉंग्रेसको भबिश्यको लागि फलदायी नहुन सक्छ । नेताकै कुरा गर्दा शेर बहादुरलाई पार्टीले धेरै दियो । चार चार पटक देशको प्रधान मन्त्री र दुई पटक सभापति बनायो। राम चन्द्र पौडेललाई पनि पार्टीले धेरै दियो। अब पार्टीलाई दिने पालो उहाहरुको हो । शेरबहादुरलाई लाग्ने आरोप “ सधै एउटा पक्षलाई मात्र बोकेर हिड्छ “ भन्नेबाट मुक्त हुने र रामचन्द्रलाई लाग्ने आरोप “सधै पद भने पछि मरिहत्ने गर्ने र परेवाको जत्रो छॉति भएको” भन्ने आरोपबाट मुक्ति पाउनको लागि पनि आउने महाधिवेशन उहाहरुको लागि मोक्ष मोचक बनोस । यस पटक चुकेर पुनस्पदकै लागि मरि मेट्नु भयो भने उहाहरुलाई ईतिहासमा कहिल्यै नमेटिने कलंक लाग्ने छ। नया सोच , नया बिचार र नया जॉगरले भरिएको कांग्रेस को खॉचो छ। अर्को तर्फ हिजो आज धेरै कार्यकर्ताहरुले पार्टीले बि।पि।बाद पुरै छॉडेर कम्युनिस्टहरुको लहडमा संघियताको मुद्दामा बिना पार्टी भित्र छलफल नै नगरि कुदेको र यस्ले पनि पार्टीलाई ठुलो नोक्सान भएको भन्नेहरुको संख्या धेरै नै भएको यथार्थतालाई नजर अन्दाज गरेर जान सकिने छैन। संवैधानिक राजतंत्र र बहुदलिय ब्यबस्था र हिन्दु धर्मको महत्वलाई पुरै किनारा लगाएर बिना जनमत संग्रह निर्णय गर्नुले पनि कांग्रेसलाई ठुलो क्षति पुगेको भन्ने भनाई आम कार्यकर्ताको छ। यी बिबादित मुद्दाहरुको किनारा लगाउन पनि आउने महाधिबेशनमा युबाहरुले प्रस्ताबहरु टेबल गर्नुपर्छ। ब्यापक छलफल र परामर्शका साथ यि मुद्दाहरुको छिनोफानो गर्न एउटा समिति नै बनाएर जानु पर्छ। यी मुद्दाहरुको टुंगो लागेमा मात्रै पार्टीको सॉख जनता माझ बलियो रहने छ । यदि यसो हुन सकेमा कॉगेसको मात्र हैन देशको समेत भलो हुने छ। यदि यस पटक हामी कथम् कदाचित चुक्यौ भने भाबी पुस्ताले धिक्कार्ने छ। शहिदहरुले सराप्ने छन।

नेपाली कांग्रेसले आउने माहाधिबेशनमा उदाहरण प्रस्तुत गर्न सक्यो भने यस्को प्रभाब अन्य पार्टीहरुमा समेत पर्नेछ । आउने माहाधिबेशन कांग्रेसको लागि कोशे ढुगां साबित हुन सकोस ।
शेखर कंडेल हाल यु।के।

वि.सं.२०७७ भदौ २८ आइतवार १२:२५ मा प्रकाशित

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...