back
CTIZAN AD

अनुसन्धानात्मक लेखमा के कुरा कसरी लेख्ने ?

वि.सं.२०७७ भदौ ३० मंगलवार

11.9K 

shares

यसभन्दा अगिका पाठहरुमा तपाइंको लेखनका ३ भाग प्रमुख हुन्छन भनियो ।  त्यसका अतिरिक्त Introduction शुरु गर्नु अगि नै १०० शब्द सम्मको यौटा abstract लेख्नु जरूरी छ भन्ने कुरा पनि गरियो ।  त्यस्तै लेखका ३ भाग मध्ये पहिलो भाग Introduction दोश्रो भाग Body (Results and Discussion) र तेश्रो भाग Conclusion हुनुपर्छ पनि भनियो । मोटामोटी रूपमा यी तीन भागमा के के लेख्नु पर्छ त्यो पनि भनियो ।  यो पाठमा यीनै कुराहरु Technical रूपमा विस्तृतमा दिने प्रयास गरिएको छ ।

१. Abstract: यसमा तपाइंको मुख्य अनुसन्धानात्मक प्रश्न र मुख्य findings मात्रै लेखे पुग्छ। थेसिसमा जस्तो लामो लेखिराख्नु जरूरी छैन। Methods कै कुरा पनि नराखे हुन्छ तर तपाईंले लेख लेख्नु अगि कुनै नयाँ विधिको अवलम्बन गर्नु भएको छ भने एउटा वाक्यमा छोटकरीमा लेख्न सकिन्छ । यो खण्ड १०० शब्दको भए पुग्छ ।  धेरै बढी भयो भने जर्नल आर्टिकल भन्न सुहाउँदैन । अनि abstract को अन्तमा तपाइंले आफ्नो अनुसन्धानमा प्रयोग गर्नु भएका शब्द मध्ये key words भनेर ५ वटा शब्द लेख्नुहोला। कसै कसैले ७ वटा पनि लेख्ने गरेको भेटिन्छ तर ५ वटा भए पुग्छ ।

२. Introduction: तपाइंको अनुसन्धानको मूल ध्येय लेखेर यो खण्ड शुरु गर्नुहोस् । त्यसपछि तपाइंको अनुसन्धानले खास गरी कस्तो प्रश्नको उत्तर खोजेको छ त्यो लेख्नुहोस्। अनि तपाइंको लेखको शीर्षकलाई व्याख्या गर्नुहोस्। त्यहाँ उल्लेख भएका प्रमुख प्राविधिक शब्द पाठकले बुझ्ने भाषामा बताउन सक्नु पर्छ र त्यसका बारेमा एक दुइ लाइन थप लेख्नु पर्ने हुन्छ। यसले पाठकलाई तपाइंको अनुसन्धानको बारेमा के रहेछ भनेर शुरुमै अभिमुखीकरण गर्दछ। त्यसपछि यो अनुसन्धान किन गर्नु परेको हो भन्ने पुष्ट्याई गर्नुहोस् अर्थात् rationale छोटकरीमा लेख्नुहोस्। तपाइंको अनुसन्धानले यौटा लेखमा सवै कुरा समेट्न सम्भव हुन्न किनभने यो प्राज्ञिक अनुसन्धान हो। यौटा लेखले कुनै विषयको कुनै यौटा विशेष मुद्दाको मात्रै सम्बोधन गर्न सक्छ। यो कुरा तपाइंको अनुसन्धानात्मक प्रश्नले पनि बताउंछ। तर पनि पाठकले बुझ्ने भाषामा आफ्नो अनुसन्धानको घेरा प्रष्ट पार्नुहोस् । याद गर्नुहोस् यो खण्ड २०० शब्द्कै हाराहारीमा सिमित होस् ।

३. Results and discussion: अनुसन्धानात्मक लेखको मुटु भनेको यही भाग हो । आफ्नो अनुसन्धानात्मक प्रश्नको उत्तर खोजीको क्रममा तपाईं तीन प्रकारले लेख लेख्न सक्नुहुन्छ (क). मौलिक लेख अर्थात आफैं field मा गएर सूचना संकलन गरेर त्यसको आधारमा विश्लेषण गरेर लेखिने लेख (ख). Literarure review को आधारमा अर्थात secondary data वा information प्रयोग गरेर लेखिने लेख र (ग). दुवैथरी मिलाएर लेखिने लेख्ने । खासगरी Social Science जर्नलहरूमा भेटिने लेख माथि उल्लेख भएको (ख) प्रकारकै हुने गरेको छ । त्यसैले तपाईं पनि literature कै आधारमा जर्नलमा प्रकाशनयोग्य लेख लेख्न सक्नुहुन्छ ।

Results and discussion मा के के लेख्ने?
यो खण्डको शुरुवात पुन: एकपटक पाठकलाई आफ्नो अनुसन्धानात्मक प्रश्नको जानकारी गराएर लेख्नुपर्छ। त्यसपछि तपाइंले संकलन गर्नुभएका सूचना वा तथ्यांकलाई आफ्नो अनुसन्धानात्मक प्रश्नकै सेरोफेरोमा सान्दर्भिक हुने गरी संगठित रूपमा प्रस्तुत गर्नुहोस्। यौटा सूचना वा तथ्यांक प्रस्तुत गरिसकेपछि त्यसको विशलेष गर्नुहोस्। त्यो सूचनाले तपाइंको मुद्दाको बारेमा के बोल्छ, त्यो तथ्यांकले तपाइंको अनुसन्धानात्मक प्रश्नको वारेमा कति सम्म सम्बोधन गर्छ, भनेर व्याख्या वा टिप्पणी गर्नु भनेको तपाइंको विश्लेषण हो। यसरी व्याख्या गरिसकेपछि त्यसलाई तपाइंको आफ्नो सत्य सम्बन्धी धारणा (ontology), ज्ञान सम्बन्धी तपाइंको धारणा (Epistemology), तपाइंको लेखमा प्रभाव पार्ने सामाजिक मूल्य र मान्यता (Axiology) र त्यसमा तपाइंको तर्क (Logic) ले सिंगार्नुहोस। यसले तपाइको लेख दार्शनिक हिसावले उत्कृष्ट ठहर्दछ र जर्नलमा स्वीकारयोग्य बनाउँछ। यसो गर्दा तपाईं बिभिन्न literature को सहयोग लिन सक्नु हुन्छ । त्यसपछि तपाइंको काम भनेको त्यो तथ्यांक वा सूचनाले के भन्यो, किन त्यस्तो भन्यो, तपाइंले सोचे अनुसारको परिणाम आयो कि फरक आयो, के कारणले तपाइंको सोच संग मिल्यो वा के हुनाले फरक हुन पुग्यो जस्ता प्रतिक्रिया लेख्नुहोस् । यसरी प्रतिक्रिया लेख्दा फेरि तपाईंले literature कै सहायता लिनु पर्ने हुन्छ किनभने यो अनुसन्धानात्मक लेख हो। अनि त्यसपछि यस्तै अनुसन्धान गर्ने पूर्व विद्वानहरुको धारणा, उनीहरुको अनुसन्धानको सारांस जोड्दै आफ्नो अनुसन्धानात्मक प्रश्नका बारेमा प्राप्त सूचनालाई अझ बलियो बनाउनुहोस् । अरु विद्वानको भनाई उद्धृत गर्दै आफ्ना सूचनाहरुको आधारमा व्याख्या गर्ने भनेको नै discussion हो। यसपछि तपाइंको यो व्याख्याले के कुराको उदघोश गर्यो अथवा तपाइंको अनुसन्धानले कस्तो ज्ञानको थप निर्माण गर्यो भन्ने कुरा झल्काउनुहोस् र आफ्नो findings लाई टल्काउनुहोस। प्रत्येक सूचना वा तथ्यांकलाई यसै गरी प्रस्तुत गर्नुहोस् । सम्झनुहोस यो खण्ड सवैभन्दा गहकिलो हुनुपर्दछ र करिव ३५०० शब्दभित्र लेखिसक्नु पर्दछ ।
४. Conclusion: नामैले थाहा हुन्छ यो खण्डमा के लेख्ने भनेर । तर पनि जर्नलमा लेखिने लेखको conclusion मा केही कुरा विचार गर्नु पर्ने हुन्छ। पहिला फेरि पाठकलाई कुन उद्देश्यले यो अनुसन्धान गरिएको थियो भन्ने सम्झाउनुहोस।

सामान्यतया तपाइंले लेख लेख्दा प्रयोग गर्नुभएका विधि छोटकरीमा लेख्नुहोस्। अनि लेखबाट प्राप्त findings के रहेछ त्यो पनि छोटकरीमा बताइदिनुहोस। यति गर्दा तपाईं conclusion भन्दा पनि summary लेखिरहेको हुनुहुन्छ। र जर्नल आर्टिकलको यो खण्डमा त्यो जरूरी पनि छ। त्यसपछि conclusion को तरखर गर्नुहोस् अर्को paragraph मा । अनुसन्धानात्मक मूल प्रश्नले इंगित गर्न खोजेका मुद्दा के थिए र प्रत्येक मुद्दालाई तपाइंको अनुसन्धानले कसरी सम्बोधन गर्यो भन्ने कुरा छोटकरीमा लेख्दै जानुहोस। सम्झनुहोस यो खण्ड २०० शब्द भन्दा बढी नहोस्।

५. References: तपाइंले प्रयोग गर्नुभएका सवै literature को reference को सूची बनाउनुहोस् र APA style अनुसार लेख्नुहोस् । APA को अन्तिम version निशुल्क download गर्न सकिन्छ।

यति गरेपछि तपाइंको लेखको प्रथम ड्राफ्ट तयार भयो। त्यो ड्राफ्टलाई आफ्ना सहपाठी वा विज्ञ गुरुहरु माझ लानुहोस र छलफल गर्नुहोस्। राम्रो त आफ्नै सहपाठीहरू र विषय क्षेत्र सम्बन्धित बिज्ञ गुरुहरु राखेर प्रस्तुती दिनुहोस्। यस्ता प्राज्ञिक वहसवाट नै आफ्नो लेख सुधार गर्ने सुनौलो अवसर प्राप्त हुन्छ।  प्राप्त सुझावलाई समेटेर लेखको दोश्रो ड्राफ्ट तयार पार्नुहोस् ।

अनुसन्धानात्मक लेख कसरी तयार पार्ने?

तपाइंको पालो : यसभन्दा अगाडि उल्लेख भएका ६ वटा पाठहरू एकपटक फेरि सरसर्ती पढ्नुहोस।  सवै कुरा प्रष्ट भएको छ भने अव गृहकार्य थाल्नुहोस ।
गृह कार्य १: तपाइंको आफ्नो विषय क्षेत्रमा यौटा अनुसन्धानात्मक शीर्षक लेख्नुहोस्। मिल्छ मिल्दैन चिन्ता नगर्नुहोस्। लेखिहाल्नुहोस। मनमा शंका भए फेरि मेरो मेसेज बक्समा आउनुहोस। ७ दिन

गृहकार्य २: आफूले छानेको शीर्षकको यौटा thesis statement लेख्नुहोस्। यो के हो भन्ने कुरा पाठ ५ मा विस्तृत रूपमा दिइएको छ। ३ दिन

गृहकार्य ३: तपाइंको अनुसन्धानात्मक शीर्षक संग मिल्दो जुल्दो अनुसन्धानात्मक लेखको गूगल सर्च गर्नुहोस्। याद गर्नुहोस् यस्तो सर्च गर्दा लेखहरु ५ वर्ष भन्दा पुरानो नभए जाति हुन्छ । कम्तिमा पनि १५ देखि २० वटा त्यस्तो लेख खोज्नुहोस। ३५ दिन

गृहकार्य ४: अव आफ्नो अनुसन्धानलाई कसरी अगाडि बढाउने भन्ने बारे विचार गर्नुहोस्। तपाइंले खोज्नु भएका १५-२० लेखको अध्ययन बाट तपाइंको thesis statement सम्बन्धित गराएर मात्रै पनि यौटा सुन्दर अनुसन्धानात्मक लेख तयार हुन सक्छ। अथवा तपाइंले केही field work गरेर आफ्नो data वा information लिन सक्नुहुन्छ र त्यसलाई empirical data बनाउन सक्नुहुन्छ। यसरी संकलन गरेको data विश्लेषण गर्ने क्रममा तपाइंले पुनरावलोकन गर्नुभएका १५-२० लेख हरु तपाइंको thesis statement पुष्ट्याईका आधार बन्नेछन।

गृहकार्य ५: संकलित लेखबाट मात्रै आफ्नो लेख लेख्ने विचार हो भने प्रत्येक लेख बुझ्ने गरी पढ्नुहोस। तपाइंको thesis statement संग मिल्दो जुल्दो वा टक्कर दिने खालको लेखहरु छुट्टाउनुहोस्। प्रत्येक लेखको मजबुन तयार पार्नुहोस। घत लागेका भनाईहरु quote-unquote मा राखेर टिपोट गर्नुहोस्। प्रत्येक लेखका मुख्य मुख्य बुंदा टिपोट गर्नुहोस्। यी प्रत्येक कामको लागि छुट्टा छुट्टै फाइल वा डोकुमेंट कम्प्युटरमा save गर्नुहोस्। हैन त्यसमा आफ्नो empirical data पनि संलग्न गराएर लेख लेख्ने विचार छ भने data को लागि tool निर्माण गर्नुहोस्। आफूभन्दा अलि जान्ने मित्र वा प्रोफेसर संग छलफल गर्नुहोस्। Tools तयार भएपछि आफ्नो respondents सँग सम्पर्क गरेर data संकलन गर्नुहोस्। २० दिन

गृहकार्य ६: अव पाठ ६ मा भने अनुसार आफ्नो लेख लेख्न कम्मर कस्नुहोस। २५ दिन

यसरी तपाइंको अनुसन्धानात्मक लेखको पहिलो ड्राफ्ट ९० दिनमा तयार हुन सक्छ। जाँगर देखाउनुहोस्। तपाईंमा क्षमता छ । तपाईं सक्नुहुन्छ। अंग्रेजी कम्जोर छ भने पनि नअत्तालिनुहोस। हामी नेपाली हौँ। हाम्रो अंग्रेजी कम्जोर हुनु स्वाभाविक हो। लेख तयार भएपछि यौटा अंग्रेजी जान्ने साथीवाट सम्पादन गरौंला। कुनै समस्या हुनेछैन। क्रमशः

जर्नलमा प्रकाशन गर्नका लागि अनुसन्धानात्मक लेख तयार पर्दा ध्यान दिनु पर्ने कुरा के होलान् ? यो प्रश्न प्राय सवै अनुसन्धाता खासगरी शिक्षण र अनुसन्धानमा लागेका नव(प्रवेशीहरुको कौतुहलको विषय हुन सक्छ । एकाइसौं शताब्दिमा एउटा प्राज्ञिक व्यक्ति न त अनुसन्धान विना सन्तुष्ट रहन सक्छ न त जर्नलमा अनुसन्धानात्मक लेख प्रकाशन विना उसको क्षमतामा वृद्धि भएको ठहरिन्छ ? खासगरी उच्च शिक्षाको क्षेत्रमा लागेकाहरुको लागि त अनुसन्धान गर्नु, लेख लेख्नु र प्रकाशन गर्नु अनिवार्य नै मानिएको छ । कोरा शिक्षणले मात्रै अव उनीहरुको व्यक्तिगत प्राज्ञिक उन्नति र पदोन्नती दुवै असम्भव छ ।

तर हाम्रो जस्तो मुलुकमा केही अपवाद बाहेक अनुसन्धानात्मक लेख कसरी तयार पार्ने र त्यसको प्रकाशन सम्म पुग्न के कस्ता कुरामा ध्यान पुरयाउने भन्ने कुरा विश्वविद्यालयका कक्षा कोठामा सिकाइदैन । तपाईहरुलाई सहज बनाउन हेतु हामीले यो सामग्री प्रकाशन गरेका हौँ । 

(स्रोत : शिक्षाविद् डा.मनप्रसाद वाग्लेको सामाजिक सञ्जालबाट)

यसरी शुरु गर्नुस् अनुसन्धानात्मक लेखनको शुरुवात

वि.सं.२०७७ भदौ ३० मंगलवार १५:३१ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...