back
CTIZAN AD

क्रिकेटर भण्डारीलाई सहयोग गर्न सिप्यानको अपिल

वि.सं.२०७७ भदौ ३० मंगलवार

843 

shares

३० भदौ, काठमाडौँ । कञ्चनपुरमा गत आइतबार साँझ मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका राष्ट्रिय क्रिकेटर ललित भण्डारीलाई सहयोग गर्न क्रिकेट प्लेयर्स एसोसिएसन, नेपाल (सिप्यान) ले अपील गरेको छ।

सिप्यानले मंगलबार विज्ञप्ती निकाल्दै हाल ग्राण्डी अस्पतालमा उपचार गराइरहेका भण्डारीलाई सहयोग गर्न सम्पूर्णमा अपिल गरेको छ ।

भण्डारीलाई काठमाडौं ल्याउन तथा उपचारमा सहयोग गर्ने अस्पताल, क्रिकेटर, शुभेच्छुकलगायत सम्पूर्णमा सिप्यानले कृतज्ञता ज्ञापन गरेको छ।

सिप्यान भण्डारीको उपचारका लागि सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको जनाउँदै भण्डारीको सहयोगको लागि पहलकदमी लिने जानकारी समेत विज्ञप्तीमा उल्लेख छ ।

सहयोग गर्न इच्छुक व्यक्तिले सिप्यानको सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, पुतलीसडक शाखा काठमाडौँमा रहेको खाता नम्बर ०० १००० २५२९ CA  मा रकम जम्मा गर्न आह्वान गरिएको छ।

आइतबार साँझ धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनिट्रकले कञ्चनपुरको झलारी बजारमा भण्डारीले चलाएको म २ प ४७०५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो । भण्डारीको दाहिने खुट्टा र दाहिने हात भाँच्चिएको छ । भण्डारीको छाती र अन्य भागमा समेत चोट लागेको छ ।

सुरूमा धनगढीमा उपचार गराएका भण्डारीलाई त्यसपछि बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको थियो। थप उपचारका लागि भण्डारीलाई सोमबार दिउँसो हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। हाल ग्राण्डी इन्टरनेसनल अस्पतालमा उपचार गराइरहेका भण्डारी खतरामुक्त छन्।

क्रिकेट खेलाडी भण्डारीलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो, ग्राण्डीमा उपचार हुँदै

वि.सं.२०७७ भदौ ३० मंगलवार १५:१० मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...