back
CTIZAN AD

ब्रेन गेन : विश्व नेपाली स्वास्थ्यका लागि अवसर र चुनौतीबारे अमेरिकामा छलफल

वि.सं.२०७७ असोज ३ शनिवार

684 

shares

३ असोज, अमेरिका । गैरआवासीय नेपाली संघ समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा शनिबार ‘ब्रेन गेनः विश्व नेपाली स्वास्थ्यका लागि अवसर र चुनौती’ विषयक कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त भर्चुअल कार्यक्रममा नेपाल लगायत विश्वका विभिन्न मुलुकमा छरिएर रहेका विभिन्न क्षेत्रका बौद्धिक व्यक्तिहरुको सहभागिता थियो । डाः उत्तम गौलीले सञ्चालन गरेको उक्त कार्यक्रममा बोल्दै ब्रेन गेन सेन्टरका कोअर्डिनेटर सन्तोष गौतमले विदेशी भुमिमा रहेका नेपालीहरुलाई कुनै न कुनै हिसाबमा नेपालसँग जोड्न ब्रेन गेन सेन्टरले पुलको भूमिका खेल्ने बताए । इमेल तथा विभिन्नमाध्यमबाट विश्वका विभिन्न मुलुकमा रहेका बौद्धिक नेपालीहरुसँग सम्पर्क गर्ने काम ब्रेन गेन सेन्टरले गरिरहेको उनले उल्लेख गरे ।

सेन्टरले रिटर्नीहरुका लागि थुप्रै कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको तर कोभिड–१९ का कारण ति कार्यक्रम सञ्चालन गर्ने समय केही पछाडि धकेलिने अवस्था सिर्जना भएको उनले जानकारी दिए ।

‘को कहाँ हुनुहुन्छ ? उहाँहरुको विज्ञता कस्तोे छ भनेर हामी खोजि गर्छौँ । देशभित्र र बाहिरका विज्ञहरुलाई जोड्ने तथा उहाँहरुलाई प्रोत्साहन गर्ने ब्रेनगेन सेन्टरले गर्छ’ सेन्टरका कोअर्डिनेटर सन्तोेष गौतमले भने ।

कार्यक्रममा बोल्दै एनआरएनए एनसीसी अस्ट्रेलियाका उपाध्यक्ष मन केसीले नेपालीहरु विश्वका जुनसुकै स्थानमा भए पनि नेपालभित्र अप्ठ्यारो परेको अबस्थामा सक्दो रुपमा आफ्नो अनुभव र ज्ञानलाई प्रयोग गर्न तत्पर रहेको र एनआरएनएले पनि यसका लागि सहयोग गर्ने बताए ।

परराष्ट्र मन्त्रालयले अघि सारेको ब्रेन गेन सेन्टर निकै उपयोगी भएको तथा यसबाट विदेशमा रहेका नेपालीहरुले सिकेको ज्ञान, सीप, प्रविधिबाट नेपालले लाभ लिन सक्ने उनले जोड दिए ।

कार्यक्रममा बोल्दै अफ्रिकामा कार्यरत डाः सरिता पाण्डेले अफ्रिकामा रहेका नेपालीहरुले आफूले आर्जन गरेको ज्ञान हाइड्रो पावर, आइटी, इन्जिनियरिङ, कृषि लगायत अधिकांश क्षेत्रमा विदेशमा प्रयोग गरेको बताइन् । आफूले अफ्रिकामा बसेर पनि नेपालका लागि थुप्रै काम गरिरहेको र आवश्यक परेको अवस्थामा सहयोग गर्न तत्पर रहेको उल्लेख गरिन् ।

नेपाल आर्युवेद डाक्टर एशोसिएसनका अध्यक्ष डाः प्रकाश ज्ञवालीले गैरआवसीय नेपालीले सिकेको ज्ञान, सीप, प्रविधि र पुँजी नेपालमा प्रयोग गर्ने व्यवस्था संविधानमा नै व्यवस्था भएको बताए ।

‘नेपालीहरुले विदेशमा सिकेका कुराहरुलाई प्रयोग गरेर देशले पनि केही सिक्न सक्ने देखिन्छ । विदेशमा बसेर पनि देशका लागि केही गर्न सकिने र देशले पनि विदेशमा रहेका नेपालीहरुबाट लाभ लिन सक्ने अवस्था छ’ उनले भने ।  यसले समग्र मानव विकास गर्ने तथा विश्वमा नेपालीहरुको पहुँच बढाउने, बौद्धिक विकासका साथै अन्य विकास समेत सहयोग पुग्ने उनको जोड थियो ।

कार्यक्रममा बोल्दै क्लिनिकल साइक्लोजिस्ट डाः बैकुण्ठ सुवेदीले नेपालको शिक्षा भर्चुअल प्रविधिमा गइसकेकाले भर्चुअल प्रविधिबाट नै विदेशमै रहेर पनि नेपालका लागि योगदान पुर्याउन सकिने अबसर रहेको बताए ।

कार्यक्रममा अमेरिकन कर्नरका कोअर्डिनेटर हृदयशकुमार केसी, युकेबाट डाः पुष्पराज पन्त, कर्णाली प्रदेशबाट अनन्तराज पन्त लगायतले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एनआरएनए एनसीसीका पदाधिकारीहरु तथा विभिन्न देशमा रहेका बौद्धिक व्यक्तित्वको उपस्थिति थियो ।

वि.सं.२०७७ असोज ३ शनिवार १६:५१ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...