back
CTIZAN AD

संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीको काम छिटो सक्न नेकपाको सुझाव

वि.सं.२०७७ असोज ६ मंगलवार

729 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीको काम छिटो सक्न सरकारलाई सुझाव दिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नियुक्तीको काम छिटो सक्न सरकारलाई सुझाव दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘विभिन्न संवैधानिक निकायहरुको पदपुर्तीको सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीलाई संवैधानिक समितिको बैठक गरेर छिटो निर्णय लिन आजको बैठकले आग्रह गरेको छ’ बैठक पछि निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले भने ।

उनका अनुसार संवैधानिक परिषदको बैठकलाई तत्काल सूचारु गर्न पनि बैठकले सरकारलाई आग्रह गरेको छ ।

हाल १३ वटा संवैधानिक आयोगमध्ये १० वटा आयोगमा ३९ पद रिक्त छन् । सत्तारुढ पार्टीभित्रको आन्तरिक खिचातानीका बीच आयोगमा पदपूर्ति ढिलाई भएको हो ।

त्यस्तै बैठकले सांगठनिक एकिकरणका बाँकी कामहरु पुरा गर्न अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेललाई १० दिनभित्र ठोस प्रस्ताव पेस गर्न निर्देशन गरेको छ । पार्टी प्रवक्ता श्रेष्ठका अनुसार अध्यक्षद्वय र महासचिवको प्रस्तावमाथि छलफल गरेपश्चात एकताको बाँकी काम पुरा गर्ने खाका तयार हुनेछ ।

वि.सं.२०७७ असोज ६ मंगलवार १५:३५ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...