६ असोज, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक औसतमा २२.९१ अंकले घटेर १५४६.१६ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ पनि ४.४८ अंकले बढेर ३०७.३९ बिन्दुमा पुगेको छ । कारोबार भने उल्लेख्य भएको छ ।
आज कूल सूचिकृतमध्ये १९९ कम्पनीको २ अर्ब ८१ करोड ४ लाख २५ हजार २६८ रुपैंयाँ बराबरको ७८ लाख ५० हजार ६५ कित्ता सेयर किनबेच भएको पनि नेप्सेले जनाएको छ । तिनको कारोबारमा ४७ हजार ८७६ पटक लेनदेन भएको छ ।
आज सबै कम्पनी उपसूचक समूहको परिसूचक ओरोलो लागेको छ । नेप्से ओरालो लागे पनि १२ वटा कम्पनीको सूचक हरियो देखिएको छ ।
आजको बजारमा १२ कम्पनीका लगानीकर्ताहरुले कमाएका छन भने १५५ कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् । त्यस्तै ५ कम्पनीको सूचकमा कुनै पनि परिवर्तन आएको छैन ।
कारोबार रकमाको आधारमा आज शिखर इन्स्योरेन्स शिर्ष स्थानमा उक्लिएको छ । उसको आज ३१ करोड ९४ लाख १० हजार ६८३ रुपैंया बराबरको कारोबार भयो । बजार बन्द हुँदा उसको प्रतिकित्ता सेयरमूल्य १३३८ रुपैंयाँ रहेको थियो ।
त्यस्तै दोस्रो स्थानमा नेपाल नेपाल बैंक लिमिटेड रहेको छ । उसको १९ करोड ११ लाख ४ हजार ६६६ रुपैंयाँ बराबरको कारोबार भएको छ ।
नेपाल पूनर्बीमा कम्पनीको १२ करोड ४३ लाख ९० हजार ६७३ रुपैंयाँ बराबरको कारोबार भएको छ भने एनएमबी बैंकको ७ करोड ४२ लाख २४९ तथा रिलायन्स लाईफको ७ करोड २२ लाख ८ हजार १ रुपैंयाँ बराबरको सेयर कारोेबार भएको छ ।
कारोबार संख्याको आधारमा भने नेपाल बैंक शिर्ष स्थानमा रह्यो । उसको ५ लाख २ हजार ९४ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै नेशनल हाईड्रो पावर, शिखर ईन्स्योरेन्स, तथा कुमारी बैंक लिमिटेड क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन ।
आजको बजारमा साल्ट ट्रेडिङ्, युनाईटेड फाईनान्स, घोधिघोधा लघुबित्त, फर्वाड कम्युनिटी माईक्रो फाईनान्स लगायत १२ मात्र कमउने सूचिमा परेका छन् ।
| Market Summary | |
| Total Turnover Rs: | 2,810,425,268 |
| Total Traded Shares | 7,850,065 |
| Total Transactions | 47,876 |
| Total Scrips Traded | 199 |
| Index | Current | Points Change | %Change | ||
| NEPSE | 1,546.15 | 22.91 | 1.46 | ||
| Sensitive | 307.39 | 4.84 | 1.55 | ||
| Float | 107.16 | 1.75 | 1.61 | ||
| Sen. Float | 100.99 | 1.72 | 1.67 | ||
| Sub-Indices | Current | Points Change | %Change | |
| Banking | 1,242.10 | 22.36 | 1.77 | |
| Trading | 1,003.70 | 2.13 | 0.21 | |
| Hotels | 1,740.21 | 15.06 | 0.86 | |
| Development Bank | 1,812.03 | 40.3 | 2.18 | |
| HydroPower | 1,206.89 | 24.91 | 2.02 | |
| Finance | 733.58 | 12.49 | 1.67 | |
| Non Life Insurance | 7,909.73 | 112.66 | 1.4 | |
| Manu.& Pro. | 3,041.19 | 35.04 | 1.14 | |
| Others | 1,001.68 | 7.22 | 0.72 | |
| Microfinance | 2,561.03 | 23.24 | 0.9 | |
| Life Insurance | 9,646.38 | 109.47 | 1.12 | |
| Mutual Fund | 10.68 | 0.08 | 0.74 |
वि.सं.२०७७ असोज ६ मंगलवार १५:५२ मा प्रकाशित


























