back
CTIZAN AD

अमेरिका भयानक संकटतिर

वि.सं.२०७७ असोज ११ आइतवार

681 

shares

१. अमेरिकी संकट र राष्ट्रपतिको निर्वाचन

अमेरिका अहिले गम्भिर संकटमा छ । अमेरिकी विश्लेषकहरुको गम्भिर चिन्ता छ कि कतै यो संकट बढेर अमेरिकाको विनाश नहोस् । आजको विश्वमा अमेरिकी दबदबा छ । खासगरी सोभियत संघको विघटनपछिको विश्व एक धु्रवीय थियो । विश्वमा अमेरिकी एकाधिकार कायम थियो । तर, आज विस्तारै अमेरिका कमजोर हुँदैछ । रुस, चीन, उत्तर कोरिया र ईरानले त अमेरिकालाई शैन्य हिसाबले पनि प्रतिकार गर्ने तहमा पुर्याई सकेका छन् । अमेरिका चौतर्फी हिसाबले गम्भिर संकटमा फसेको छ र यही संकटका बीचमा अमेरिकी राष्ट्रपतिको चुनाव हुँदैछ । आगामी नोभेम्बर ३, २०२० का दिन ५९ औं राष्ट्रपतिय निर्वाचन हुँदैछ ।

अमेरिकामा दुई दलीय प्रतिष्पर्धा छ । प्रतिष्पर्धी दुई दल हुन् – रिपब्लीकन पार्टीं र डेमोक्रटीक पार्टी । रिपब्लीकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका छन् –वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटीक पार्टीको तर्फबाट प्रतिष्पर्धा गर्दैछन् पूर्वउपराष्ट्रपति जो बाईडेन । अमेरिकामा भएका अधिकांश मत सर्वेक्षणहरुबाट जो बाईडेनको जीत सुनिश्चित देखिएको छ तर, अघिल्लो चुनावमा मत सर्वेक्षणको नतिजा र वास्तविक नजिता फरक भएका थिए । मत सर्वेक्षणमा हिलारी क्लिन्टनको जीत सुनिश्चित देखिएको थियो भने चुनावी मतगणनाबाट डोनाल्ड ट्रम्प विजयी भए । त्यसो त अघिल्लो चुनावमा रुसको हस्तक्षेपका कारण डोनाल्ड ट्रम्पको विजय भएको भन्दै डेमोक्रेटसहरुले छानबीनको माग गरेका थिए ।

२. अमेरिकी निर्वाचनमा वैदेशिक हस्तक्षेप

अनौठो लाग्दो के छ भने, अमेरिकाको निर्वाचनमा विदेशी हस्तक्षेप र प्रभावको चर्चा चलीरहन्छ । अघिल्लो चुनावमा रसियाको हस्तक्षेपका कारण डोनाल्ड ट्रम्प विजयी भएको भन्ने तथ्य छानवीनकै क्रममा छ । फेरी राष्ट्रपतिको चुनाव नजिकिँदै छ । आगामी राष्ट्रपतिको निर्वाचनमा कुन देशले कुन उम्मेदवारलाई जिताउन वा हराउन लाग्ला भन्ने विश्लेषणहरु गरीएका छन् । कतिपय विश्लेषकहरुले भनेका छन् कि अमेरिकी चुनावमा हस्तक्षेप वा षडयन्त्र गर्ने मुख्य देशहरु रुस, चीन र ईरान हुन् ।

अनौठो लाग्दो के छ भने, अमेरिकाको निर्वाचनमा विदेशी हस्तक्षेप र प्रभावको चर्चा चलीरहन्छ । अघिल्लो चुनावमा रसियाको हस्तक्षेपका कारण डोनाल्ड ट्रम्प विजयी भएको भन्ने तथ्य छानवीनकै क्रममा छ । फेरी राष्ट्रपतिको चुनाव नजिकिँदै छ । आगामी राष्ट्रपतिको निर्वाचनमा कुन देशले कुन उम्मेदवारलाई जिताउन वा हराउन लाग्ला भन्ने विश्लेषणहरु गरीएका छन् ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक–पटक भनेका छन् – ‘मलाई हराउनका लागि चीनले जुनसुकै मुल्य चुकाउने छ ।’ ट्रम्पले चीन विरोधी नारा लगाएर चुनाव जित्ने रणनीति बनाएका हुन् । कतिपय विश्लेषकले भनेका छन् –‘राष्ट्रपति ट्रम्पले अमेरिका विरोधी रुसका गतिविधिहरुको नियन्त्रण गर्न चाहेनन् ।’ रसियन विश्लेषकले भनेका छन्, ‘अमेरिकालाई ध्वस्त बनाउने हो भने फेरि पनि डोनाल्ड ट्रम्पलाई विजयी बनाउनु पर्दछ ।’ उता चीन र ईरानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जसरी पनि पराजीत गराउन चाहन्छन् भन्ने केहीको अनुमान रहेको छ ।

जेसुकै सत्य भएपनि के कुरा प्रष्ट हुन्छ भने अमेरिकाको चुनाव पनि निष्पक्ष र स्वतन्त्र हुँदैन । केही महिना अगाडि उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग उनले भनेका थिए, ‘अमेरिकाले आफ्नो निर्वाचन सम्पन्न गर्नुछ भने उत्तर कोरियामाथि आँखा नलगाउनु राम्रो हुनेछ ।’ उता ट्रम्पले भनेका छन्, ‘जो वाइडेनले जितेमा अमेरिकामा चाइनिज भाषा बोल्नुपर्नेछ ।’

३. ब्ल्याक लाइभ्स म्याटर (बीएलएम)

अमेरिकामा काला जातीहरुको मानवअधिकारको सुनिश्चितता र उनीहरु माथिको सामाजिक विभेदको अन्त्यको माग गर्दै एउटा आन्दोलन चर्किरहेको छ । जर्ज फ्लोइड्स नामक एकजना अश्वेत नागरिकको प्रहरीद्वारा घाँटी थिचेर गरिएको अमानवी र पाशविक हत्याको घटनापछि अमेरिकामा अश्वेत विद्रोह जारी छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अश्वेत विद्रोहलाई भड्काउने काम गरीरहेका छन् र उनले खास गरी गोरा जातीहरुको मतलाई तान्ने रणनीति बनाईरहेका छन् । उता जो बाइडेनले भने अश्वेतहरुको मानवअधिकार र विभेदको अन्त्यका लागि भएको आन्दोलन सही भएको घोषणा गरेका छन् ।

थुप्रै विश्लेषकहरुले भनेका छन् – अश्वेत विद्रोहले अमेरिकी सभ्यतालाई लज्जीत बनाएको छ । अरु देशमा मानवअधिकारको विषय उठाउने अमेरिकाभित्र अश्वेतमाथिको यो हदको विभेदले उसको लोकतन्त्रको उपहास गरेको छ । अमेरिकामा काला जातीहरुको प्रहरीद्वारा नै घाँटी थिचेर गरिने हत्याका श्रृखंलाहरुको के हामी कल्पना गर्न सक्छौं ? जर्ज फ्लोइड्स यस्तो हत्या वा क्रुरताको पहिलो शिकार थिएनन् । यस्ता धेरै अमानवीय हत्याहरु भएका थिए । जर्ज फ्लोइड्स घटनाले विस्फोटक रुप लियो ।

अश्वेत विद्रोहले अमेरिकी सभ्यतालाई लज्जीत बनाएको छ । अरु देशमा मानवअधिकारको विषय उठाउने अमेरिकाभित्र अश्वेतमाथिको यो हदको विभेदले उसको लोकतन्त्रको उपहास गरेको छ । अमेरिकामा काला जातीहरुको प्रहरीद्वारा नै घाँटी थिचेर गरिने हत्याका श्रृखंलाहरुको के हामी कल्पना गर्न सक्छौं ? 

अमेरिकामा आज पनि सामाजिक भेदभाव, उत्पीडन र अन्याय कायम छ । कुनै मुद्दा भएर प्रहरीलाई फोन गरेमा ‘काला जाती की गोरा ?’ भनेर सोधिन्छ । प्रहरी हिरासतमा पनि कालाहरुमाथि अमानवीय यातना दिइन्छ । यो सामाजिक विभेदको अन्त्यका लागि अमेरिकामा अश्वेत विद्रोह जारी छ । धेरै समाजशास्त्रीहरुले भनेका छन् – यदि अश्वेत विद्रोहलाई राज्यले सही सम्बोधन नगरे अमेरिका जातीय युद्व वा गृहयुद्वमा फस्न सक्छ । अमेरिकी राष्ट्रपतिको चुनावमा पनि यो मुद्दा प्रमुख बनेको छ ।

डोनाल्ड ट्रम्पले यसलाई हिंसा, उग्रप्रर्दशन, लुटपाट, आगजनी, तोडफोड र आक्रमकणको आरोप लगाउँदै अश्वेत विद्रोहलाई चुनावी मुद्दा बनाएका छन् । उता जो बाइडेनले भनेका छन्, ‘हिंसाको कारण राष्ट्रपति ट्रम्प हुन् र उनले वर्षोदेखि हिंसालाई प्रश्रय दिएका छन् । काला जातीहरुको समानता र स्वतन्त्रताको मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्छ । सबै अमेरिकी नागरिक राज्यका लागि समान हुनुपर्दछ ।’ उता डोनाल्ड ट्रम्पले जो वाइडेनलाई ‘रेडीकल लेफ्ट’को आरोप लगाएका छन् ।

४. फासीवाद वा ट्रम्पवादको चिन्ता

अमेरिकी विश्लेषक कानूनी माकेनानीले सन्देह व्यक्त गरेका छन्, ‘यदि चुनाव हारेमा के ट्रम्पले शान्तिपूर्णं सत्ता हस्तान्तरण गर्छन् ? के उनले पराजय स्वीकार गर्लान् ?’ थुप्रै पत्रकारको प्रश्न, ‘के तपाईं चुनाव हारेमा सत्ता छोड्नुहुन्छ ?’ जसमा ट्रम्पले जवाफ दिएका छैनन् ।

अमेरिकी वरिष्ठ विश्लेषक तथा प्राध्यापक ज्यासन स्टेनले आफ्नो पुस्तक ‘हाउ आसिज्य वक्र्स’ मा ट्रम्प फासीवाद तर्फ उन्मुख भएको निष्कर्ष निकालेका छन् । उनले फासीवादका दशवटा खम्बाको व्याख्या गरेका छन् । उनको भनाइमा फासीवादी राजनीतिका दश आधारहरु हुन् – काल्पनिक इतिहास, दुष्प्रचार, असत्य, शिकार, अबौद्धिक, कानूनी राज्यको उपहास, लैङ्गिक चिन्ता, गुमराहजस्ता आधारहरुको व्याख्या गर्दै ट्रम्प पूर्णं रुपमा फासीवादी भएको उल्लेख गरेका छन् । उनले ट्रम्पलाई हिटलरसँग तुलना गर्दै भनेका छन्, ‘हिटलर पनि चुनावबाटै उदय भएका हुन् ।’

फासीवादले प्रजातन्त्रवादी भन्दै प्रजातन्त्रको घाँटी निमोठ्छ, भ्रष्टाचार विरोधी भन्दै भ्रष्टाचारलाई संस्थागत गर्छ र आफुँलाई राजनीतिज्ञ बताउँदै राजनीतिमाथि आक्रमण गर्छ । वास्तवमा अमेरिकाको इतिहासमा चुनावी पराजयलाई स्वीकार गर्छु भनेर घोषणा गर्न आनाकानी गर्ने पहिलो अधिकारी राष्ट्रपति डोनाल्ड ट्रम्प भएको विश्लेषण गरिएको छ । विश्लेषक बर्नी स्याडर्सले भनेका छन्, ‘यो चुनाव ट्रम्प र प्रजातन्त्रबीचको चुनाव हो ।’

५. कोरोना महामारीबाट दुई लाखभन्दा बढिको मृत्यु

विपक्षीहरुको भनाई छ – डोनाल्ड ट्रम्पले अमेरिकी नागरिकहरुको जीवनमाथि खेलबाड गरे । डोनाल्ड ट्रम्पलाई सुरुमै थाहा थियो कि कोरोना महामारीका कारण अमेरिकामा हजारौं मानिसहरुको जीवन खतरामा हुनेछ । तर, उनले कोरोनाबारे दुष्प्रचार वा झुटा प्रचारहरु गरे । उनले पहिलो झुट बोले – कोरोना सामान्य रुघाखोकी वा फ्लू जस्तै हो र यो आफैं हराएर जान्छ । दोस्रो झुट बोले – कोरोनाबाट बच्न मास्क लगाउन आवश्यक छैन । उनले अन्तीमसम्म पनि मास्क नलगाई हिँडे । कोरोना महामारीले विकराल रुप लिएपछि उनले मास्क लगाउन बाध्य भए र भने,‘मास्क लगाउन कुनै आपत्ती छैन ।’

कोरोना नियन्त्रण, उपचार र राहतको योजना बनाउनु पर्नेमा ट्रम्पले दुष्प्रचारको रणनीति प्रयोग गरे । अमेरिकी स्वास्थ्य विज्ञहरुले भनेका छन् सरकारले सुरुमै सावधानी अपनाएको भए लाखौं जीवनलाई बचाउन सकिन्थ्यो । आजसम्म २ लाखभन्दा बढि अमेरिकी नागरिकले कोरोनाका कारण ज्यान गुमाईसके । राष्ट्रपति ट्रम्पको आलोचना गर्दै राष्ट्रपतिका प्रत्याशी जो बाईडेनले भनेका छन्, ‘राष्ट्रपतिले ट्रम्पले अमेरिकीहरुको जीवनमाथि खेलबाड गरिरहेका छन् । २ लाखभन्दा बढि अमेरिकीहरुको मृत्युप्रति ट्रम्पले कुनै चिन्ता व्यक्त गरेका छैनन् । उनले अमेरिकी जनताको अभिभावकको भूमिका निभाउन सकेका छैनन् ।’

जो बाईडेनले ट्रम्पको भूमिकाको आलोचना गर्दै अघि भनेका छन्, ‘राष्ट्रपति यस्तो हुनुपर्छ जसले वैज्ञानिक, डाक्टर, विशेषज्ञ र अग्रमोर्चामा काम गर्नेहरुको कुरा सुनोस् ।’ वास्तवमा कोरोना महामारीका कारण भएको मृत्युको तथ्यांकलाई राष्ट्रपति ट्रम्पले नजरअन्दाज गर्दैछन् । ६ प्रतिशत मात्र कोरोनाका कारण मृत्यु भएको बताएर उनी अमेरिकामा विवादित बनेका थिए । पछि व्यापक आलोचना भएपछि त्यो भनाईलाई दोहोर्याएनन् । कोरोना संकट र आक्रोशलाई विषयान्तर गर्नका लागि उनले चीन र विश्व स्वास्थ्य संगठनप्रति आक्रमण गर्ने रणनीति बनाए । विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध विच्छेद गर्दै सहयोग रोक्का गरे ।

उता कोरोनालाई चाइनीज भाइरस भन्नुपर्छ भन्दै चीनविरुद्व ठूला–ठूला व्यापारिक र आर्थिक प्रतिबन्धको घोषणा गरे । उदेक लाग्दो तथ्य के छ भने, अमेरिका जस्तो देशमा भेन्टिलेटरको अभाव भयो, औषधीको अभाव भयो र मास्कको अभाव भयो । यो घटनाले अमेरिकी स्वास्थ्य प्रणालीमा गम्भीर त्रुटी भएको प्रष्ट भयो । आज पनि त्यहाँ स्वास्थ्य विज्ञ र राष्ट्रपतिबीच कोरोना नियन्त्रणका बारेमा गम्भीर मतभेद कायम छन् । राष्ट्रपति ट्रम्पको आलोचना गर्दै उपराष्ट्रपतिकी उम्मेदवार तथा सिनेटर कमला हेरीसले भनेकी छन्, ‘डोनाल्ड ट्रम्पको अक्षमता कुनै नयाँ कुरा हैन, सुरुमै उनले भनेका थिए कि कोरोना भाइरस टाढा जानेछ र लुप्त हुनेछ । जबकी उनलाई त्यतिबेला नै थाहा थियो कि धेरै व्यक्तिको ज्यान यसले लिएको छ ।

कोरोना महामारीका कारण सम्पूर्णं विश्वले नै आर्थिक मन्दीको सामना गर्दैछ । थुप्रै उद्योग, कलकारखाना, होटल, व्यापार, हवाई तथा स्थल यातायात सबै ठप्प भएका छन् । अमेरिकामा लाखौं व्यक्ति बेरोजगार भएका छन् । बेरोजगारी समस्याले पनि अमेरिकालाई पिरोल्ने निश्चित छ । 

६. आर्थिक मन्दी

कोरोना महामारीका कारण सम्पूर्णं विश्वले नै आर्थिक मन्दीको सामना गर्दैछ । थुप्रै उद्योग, कलकारखाना, होटल, व्यापार, हवाई तथा स्थल यातायात सबै ठप्प भएका छन् । अमेरिकामा लाखौं व्यक्ति बेरोजगार भएका छन् । बेरोजगारी समस्याले पनि अमेरिकालाई पिरोल्ने निश्चित छ । हालै मात्र अमेरिकी श्रम विभागले १५ लाख मान्छेहरु बेरोजगार भएको तथ्यांक सार्वजनिक गरेको थियो । यो संख्या बढिरहेको छ । महामारीबाट मध्यम वर्ग सबैभन्दा बढि आक्रान्त छ । आर्थिक मन्दी पनि राष्ट्रपति चुनावको मुख्य मुद्दा बनेको छ । खासगरी डेमोक्रेटिकहरुले बढिभन्दा बढि राहतको माग गरेका छन् ।

७. रिक्त न्यायधिश नियुक्ती प्रकरण

गत शुक्रबार अमेरिकी सर्वौच्च अदालतकी न्यायधिश रुथ बाडर गिन्सवर्गको ८७ वर्षको उमेरमा निधन भयो र उक्त पद रिक्त भएको छ । मृतक गिन्सवर्गको इच्छा थियो –उनको मृत्यु पछि रिक्त पदमा नियुक्ती गर्ने काम नयाँ निर्वाचित राष्ट्रपतिले गरोस् । अब राष्ट्रपतिको चुनाव हुने दिन आउन ३९ दिन मात्र बाँकी छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव अघि नै उक्त पदमा नियुक्ती हुने घोषणा गरिसकेका छन् । डेमोक्रेटहरुले नयाँ राष्ट्रपतिले मात्र सो काम गर्नुपर्ने भन्दै ट्रम्पको घोषणाको विरोध गरेका छन् ।

कोरोना महामारीले समग्र अर्थतन्त्र डामाडोल भएको बेला अमेरिकामा राजनीतिक संकट पनि नजिकै देखा परेको छ । महामारीकै बीच सुरु भएको राष्ट्रपतिय चुनावले झनै देशलाई कता लैजाने टुंगो छैन् । राष्ट्रपति ट्रम्पका पछिल्ला अभिव्यक्ति र कदमले अमेरिकाभित्र झनै ठूलो संकट आउँदै गरेको आभास हुन्छ । 

८. निष्कर्ष

अमेरिका अहिले ठूलो संकटमा छ । आगामी नोभेम्बर ३ मा राष्ट्रपतिको चुनाव हुँदैछ । अमेरिकामा अश्वेत विद्रोह जारी छ । हालसम्म कोरोना महामारीका कारण २ लाखभन्दा बढि व्यक्तिको ज्यान गईसकेको छ । महामारीसँगै अमेरिकामा आर्थिक मन्दी र बेरोजगारीको समस्या बढ्दै छ । कोरोना महामारी अहिलेसम्म पनि नियन्त्रण बाहिर छ । यस्तोमा हुन लागेको अमेरिकाको चुनाव स्वतन्त्र र निष्पक्ष हुनेमा कोही पनि विश्वस्त छैनन् ।

मेल वा इन्टरनेटमार्फत हुने मतदानप्रति आफुँ विश्वस्त नभएको स्वंय राष्ट्रपति ट्रम्पले बताईरहेका छन् । राष्ट्रपतिको निर्वाचनमा पराजीत भएमा शान्तिपूर्णं सत्ता हस्तान्तरणमा वर्तमान राष्ट्रपति ट्रम्प प्रतिबद्ध छैनन् । यदि चुनावमा पराजीत भएमा त्यो मुद्दा सर्वौच्च अदालतसम्म पुग्नेछ भनी ट्रम्प आफैंले घोषणा गरेका छन् । कतिपय विश्लेषकले भन्दैछन्– ट्रम्पवाद वा फासीवादले अमेरिकालाई ध्वस्त बनाउँदैछ । सबै तथ्यहरुको निष्कर्ष एउटै हुन्छ, अमेरिका भयानक संकटमा छ ।

वि.सं.२०७७ असोज ११ आइतवार ०९:४८ मा प्रकाशित

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...