back
CTIZAN AD

रारा जलाधार संरक्षणमा जुटदै स्थानीय

वि.सं.२०७७ असोज ११ आइतवार

975 

shares

मुगु संसारन्यूज संवाददाता । मुगुको पर्यटकिय गन्त्ब्य राराको निकास खत्याड खोला आसपासका स्थानीय जलाधार संरक्षणमा सक्रिय देखिएका छन् ।

रारा तालक्षेत्रमा रहेका वनजंगल, वन्यजन्तु, चराचुरङ्गी र जलचर प्राणी र आफुहरु वीच जिवनयापनका सम्वन्ध रहेको शिक्षा पाउन थालेपछि रारा मुर्मा गाउँदेखि निगालबोट, सेरी, हुदै सुकाढिक झुगला सम्मका स्थानीय जलाधार संरक्षणका लागि संगठित हुदै गएका छन् ।

पहिलेदेखि रारा क्षेत्रको वनजंगल र प्राकृतिक सम्पदाहरुको उपभोग गदै आएका त्यहाँका स्थानीयहरु यो क्षेत्रमा रहेका महत्वपूर्ण जलचर र वन्यजन्तु तथा रुख विरुवाको विरुद्धका कृयाकलाप गर्दै आएका थिए ।

वनमा पासा हालेर वन्यजन्तु मार्ने, ताल तथा खोलामा बल्छि हालेर माछा मार्ने र जंगल कटान गर्ने जस्ता प्रकृति विरुद्धका कृयाकलाप गर्दा प्राकृतिक सौदर्यमा हा्रस आउने, वन्यजन्तु, चरा, जलचर र थलचरहरु लोभ हुदै जाने आवस्थाको सृजना हुने अवस्था थियो । प्राकृतिक सम्पदा संरक्षण र यिनीहरु संगको हाम्रो सम्वन्ध र आवश्यकताबारे शिक्षा नपाउदा पनि स्थानीयहरु यी कार्य गर्न बाध्य थिए ।

पछिल्लो समयमा युएसएडको पानी परियोजनाको आर्थिक सहयोगमा स्थानिय साझेदार सस्था कर्णाली सामुदायिक विकास केन्द्र (केसिडिसी) मुगुले रारा खत्याड जलाधार क्षेत्रमा जैविक विविधता सम्र्वद्धन, प्राकृतिक श्रोत साधनको संरक्षण, उपभोग, आवश्यकता र सम्वन्धबारे जनचेतना दिन थालेपछि स्थानीयहरु जलाधार क्षेत्रको संरक्षणमा जुटन थालेका छन् ।

जलाधार क्षेत्रमा पर्ने लामाचौर, ताल्च, झयारी, मुर्मा र निगालीभोट बस्तिमा समुदायमा आधारित चोरी सिकारी नियन्त्रण समुहहरु गठन गरिएका छन् । उक्त समुहका सदस्यहरु हप्ताको १ चोटी आफनो क्षेत्रमा पर्ने जलाधार क्षेत्र, मध्यवती र निकुन्ज सिमाना सम्म गस्ति गर्ने गर्दछन् ।

विगतमा जानीनजानी चोरी सिकारी गरेपनि अब वन्यजन्तु तथा जलाधार क्षेत्रमा पाईने जलचरहरुको कसैले चोरी सिकारी नगरोस् र यहाँका महत्वपूर्ण, लोपन्मुख जडिवुटी, वन्यजन्तु र वनजंगलको संरक्षण होस् भनेर हप्तामा १ दिन गस्ति गर्ने चोरी सिकारी नियन्त्रण समुहका अध्यक्ष दिपेन्द्र भामले भने ‘यस्तो कार्य गर्ने कतै भेटिए कानुन अनुसार कारवाहीका लागि रारा राष्ट्रिय निकुन्जमा बुझाउने गरेका छौ ।’

चोरी सिकारी नियन्त्रणका साथै निकुन्ज क्षेत्रमा हुने फोहोर संकलन र व्यवस्थापन गर्ने, वन्यजन्तु संरक्षण, वनजंगल संरक्षण, ताल संरक्षण र हाम्रो आनीबानीबाट जलाधार क्षेत्रमा रहेका जलचर र वनजंगलमा रहेका बोटविरुवा वन्यजन्तुलाई पर्ने असर बारे पनि सचेतना दिने काम समुहको रहेको झयारी समुदायमा आधारित चोरी सिकारी नियन्त्रण समुहका अध्यक्ष विष्णु रावलको भनाई छ ।

जलाधार क्षेत्रका आसपासमा रहेका बस्तिहरुमा महिनै पिच्छे स्थानीयहरुको सहभागीताामा बैठक बस्ने गरेको केसिडिसी मुगुका कार्यक्रम संयोजक हरि बहादुर शाहीको भनाई छ । आफूहरु र आफना कर्मचारीहरुले समुहका कामकारवाहिमा सहजीकरण गर्ने मात्र हो सबै कृयाकलाप स्थानिय आफैले गर्नुहुन्छ, यो अवधीमा समुहहरुले रारा तालवरिपरी र जलाधार क्षेत्रमा सरसफाई गर्ने, गस्तिगर्ने, वृक्षारोपण गर्ने कार्य गरिरहेका छन् । अबको केहि दिनमा संरक्षण सम्वन्धी होडिङ्ग बोर्ड राख्ने, मुहान संरक्षण गर्ने जस्ता कार्य गर्ने पनि कार्यक्रम संयोजक शाहीले सुनाए ।

रारा राष्ट्रिय निकुन्जको अविभावकत्व, युएसएडको आर्थिक सहयोग र स्थानिय केसिडिसी मुगुको सहजीकरणमा रारा खत्याड जलाधार क्षेत्रमा पानी परियोजनाले संरक्षण र जनचेतना कार्यक्रम गदै आएको छ ।

वि.सं.२०७७ असोज ११ आइतवार ०९:४६ मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...