back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ असोज १७ शनिवार

1.3K 

shares

१.
जान रहे पो हजुर, जहान रहन्छ,
नाम, दाम अनि पहिचान रहन्छ ।
जीवन रहुञ्जेल, संसार आफ्नो,
मरेपछि न सालि न जेठान रहन्छ ।
२.
मान्छे पनि यो कि त्यो, कित्तामा हुन्छ,
कोहि मालामाल कोहि रित्तामा हुन्छ ।
जीवनभरि सम्पतिका लागि झेल गर्छ,
मरेपछि नाङ्गै दाउराको चित्तामा हुन्छ ।
३.
बोल्नेको हजुर यहाँ पिठो पनि बिक्छ,
जान्ने हो भने, बोली मीठो पनि बिक्छ ।
अलि बोल्ने तरिकामात्र जान्नुपर्छ यहाँ,
सडे गलेको खराब तितो पनि बिक्छ ।
४.
जानी अन्जानी जोसंग भुल पनि हुन सक्छ,
एउटा गल्तिले योजीवन सुल पनि हुन सक्छ ।
कसैले प्रेमले फूल दिदैमा मख्ख नपर्नु होला,
किन कि हजुर, बिषालु फूल पनि हुन सक्छ ।
५.
आफ्नै बडाई, चडाई र मपाई राम्रो हुँदैन,
चाकरी गर्न ज्यु, हजुर र तपाई राम्रो हुँदैन ।
आफैसंग भएको क्षमता तिखार्नु होला,
किन कि हजुर, यो चैते रोपाई राम्रो हुँदैन ।

वि.सं.२०७७ असोज १७ शनिवार ०८:०८ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...