
ननिभ्ने भयो याहाँ सल्केको आगो पानीले ।
खुसी खोस्यो खुसीले बनाको राहदानीले ।
हरेक प्रश्नको सही जवाफ दिन सकेन्
मुज्रिम उही हो बुझिन्छ थोरै आनाकानीले ।
हल्ला नगर्नु म सुतेको मरें सम्झ मलाई
कि सप्रन्छ कि बिग्रन्छ आफ्नो मनमानीले ।
दुशासनको मोह मा दुर्योधन देख्दै देखेनन्
बहुमतको सरकार लड्दैछ खिचातानीले ।
गजल माहासागर हो पौडन कठिन हुदैछ
हरेक सेरहरुका अर्थ छुट्याउछन् ज्ञानीले ।
कृष्ण अवस्य हुनेछ ऊ त राम हुनै सक्दैन
यही बुझायो उसको बचपनको कहानीले ।
सधै तिमी मलाई पर्ख म तिमीलाई पर्खन्छु
तर काहाँ पर्खन्छ हामी दुवैलाई जवानीले ।
वि.सं.२०७७ असोज १७ शनिवार ०८:१० मा प्रकाशित






























