back
CTIZAN AD

कविता: बचेरा सम्झिएपछि

वि.सं.२०७७ असोज १७ शनिवार

801 

shares

हाँगामा बसेको चरा हुरुरु उडेर गयो
चराउडे पछि
मैले पनि आफ्नो गुँड सम्झिए
उडेर पुग्न
पखेटा फट्फटाएँ
तर
हात पाखुरामा प्वाँखहरू थिएनन्
साइबेरियन चराले झैं
उडाएर पुर्याउन सकेन मलाई
आफ्नो जन्मभूमि
वरिपरि रेगिस्तानमा
बालुवाका पहाडहरू छन्
हेर्दा पिरामिड जस्तै देखिने बालुवाको थुप्रोमा
उभ्याउँछु सपनाहरू
तर
हावाको झोक्का आउँछ र उडाउँछ
अर्काे ठाउँमा थुपार्छ
देख्छु मरूभूमिमा परिवर्तनशील पहाडहरू
तर
सोचें जस्तै सहज छैन समयको परिवर्तन
मेरो लागि
बालुवामा सिंगो सागर तैरिए झैं
मध्यान्हको गर्मिमा देख्छु मृग तृष्णा
बोतलका केहि थोपा पानीले मेट्छु तिर्खा
पसिना पुछेर सुकाउँछु
आँखा र बिरह घामको रापमा
आँखा चिम्म गरेर फर्कन्छु गाउँमा
शरद ऋतुको समय
नजिकिदै छन् पर्वहरू
सबैको आँगनमा रमाइलो भित्रदै होला
तर
यस पटक पनि
फर्किन सकिन आमा
डालीमा बसेको चरा हेरेर सम्झदैछु
साँझमा बत्ती बालेर
टिका पर्खिरहेकी तिमीलाई
सम्झिरहेकोछु
सानेकी आमा तिमीलाई
आँगनमा नाचिरहेका बचेरालाई
यसपटक पनि दशैंमा
मुछ्न सकिन
दहिमा रातो टिका तिम्रो लागि ।

वि.सं.२०७७ असोज १७ शनिवार ०८:१२ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...