back
CTIZAN AD

कविता- बहिनी वाचा भयो निर्मला

वि.सं.२०७७ असोज १७ शनिवार

1.1K 

shares

दौरा औ सुरुवाल आज गुनियो चोलो हराए किन
जस्का बाल मरे गरीब उनले अन्याय पाए किन
यौटाले अपराध गर्छ अरुनै पर्छन् वृथा जेलमा
यस्तो कानुन व्यर्थमा अब भयो चाहिन्न नेपालमा ।।१।।

हामी मस्त बसी सुरक्षित भयौँ जस्को भरोसा गरि
उस्ले नै डर दिन्छ दिन्छ मनमा धम्की हजारौँ थरी
को हुन् ती अब प्रश्न उठ्छ कि कसो यैँ दिन्छु लौ उत्तर
ती आफ्नै सरकारका गण त हुन् के गर्न सक्छौँ तर ।।२।।

कापी बन्द हुँदैन यी कलमले तिम्रा कुरा लेख्छु म
थुप्रै शोषण मात्र व्यर्थ दिनहूँ यी नेत्रले देख्छु म
यौटै मात्र उपाय शेष छ यहाँ सल्लाह यो दिन्छु म
कालीको रुप धर्नु पर्दछ तिमी यो चित्तले भन्छु म ।।३।।

पैसाले सजिलै प्रशासन बिके बाँकी त के पो छ र
यी आवाज विरोधका सडकमा को सुन्छ हे ईश्वर
हो खुट्टा बरु रोकिए पनि कतै रोकिन्न हाम्रो गला
तिम्रो न्याय छिटै हुनेछ बहिनी वाचा भयो निर्मला ।।४।।

थोत्रा भाषणका धनी दल बिचै छन् बिग्रिएका मति
कैल्यै हुन्न स्वतन्त्र राज्य अथवा यो राष्ट्रको उन्नति
ए प्यारा जनता बुझेर हिँड है यौटा यही नर्क हो
के लेख्छौ कवि हो नलेख कविता “नेपालनै स्वर्ग हो” ।।५।।

तिम्रा पोस्टर च्यातिए तर यहाँ छोडिन्न आन्दोलन
मैले सक्दिन भुल्न यो हृदयले तस्वीर यो जीवन
आमाको नजिकै गएर अहिले को दिन्छ आश्वासन
ए मेरो प्रिय पोखरा धनगढी ए राजधानी भन ।।६।।

(शार्दूलविक्रीडित छन्दमा)(साभार : प्रवासी आवाज)

वि.सं.२०७७ असोज १७ शनिवार ०८:१५ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...