back
CTIZAN AD

गजल

वि.सं.२०७७ असोज १७ शनिवार

774 

shares

लुकेर हान्यो छुरा तिखारी
मुहार छोप्यो थियो सिकारी

रहस्य खुल्दा रहेछ अर्कै
अचम्म हुन्छन् नकावधारी

निरीह बन्दै खटेँ सदैव
चल्यो गुलेली ढल्यो छहारी

असाध्य ठूलो करेँत पालेँ
सुधार्न खोज्छु जहर उतारी

लुटेर हाँस्ने स्वभाव राख्छन
बरिष्ठ बन्छन् कुरा बटारी

कतै रहन्नन् प्रसन्नतामा
पुग्यो अधर्मी समुद्र पारी

सधैँ तमासा गरेर डस्छन्
लुके अधर्मी लुटेर नारी

ल रोक भन्ने कतै रहेनन्
कुकर्मतामा घुम्यो मदारी

छ शुन्य बेला छ शुन्य आशा
खुशी हुरीले लग्यो बढारी

बहर-मुतकारिब मकबुज असलम
रुक्नः मुफाइलातुन् मुफाइलातुन्

वि.सं.२०७७ असोज १७ शनिवार ०८:१६ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...