
१.
भगाउनु पर्छ अब प्रगतिका बाधकहरु ।
देश बिगार्ने खराब मतिका बाधकहरु ।
सत्तामा पुगेर न ख्वाए न मलम लगाए,
देशै बिरामी पारे ओषतिका बाधकहरु ।
२.
सरकार दुइतिहाई जनताको बेहालछ ।
खेतबारी बाँझै चारैतिर अनिकालछ ।
बलियो सरकार जमीन भएर के गर्नु ?
जनताको घरमा न चामलछ न दाल’छ ।
३.
घर त छैन छैन मेरो बगर देउ सरकार ।
आधार चाँहिदैन मात्र भरदेऊ सरकार ।
न खाने गास नै छ न बस्ने बासछ मेरो,
कसरी बाँचे म थोरै नजरदेऊ सरकार ।
४.
गणतन्त्र कहिले आयो थाहा भएन ।
हाम्रालागी के के ल्यायो थाहा भएन ।
नजरहरु उस्तै बन्द छन् गरिबिले मेरा,
बिपन्नहरुले के के पायो थाहा भएन।
५.
भन्छ्यौ तिमी तेरो के नै औकात छ ।
माइतिमै मेरोलागी सधैं दूधभात छ ।
तँ एक्लोले छोडेर केहि हुँदैन मलाई,
म ढले पछी उठाउने हजारौं हात छ ।
स्वर्गद्वारी नगरपालीका,प्यूठान,हाल दाङ
वि.सं.२०७७ असोज १७ शनिवार ०८:२३ मा प्रकाशित






























