
१
साहित्यका बारीमा
साइनो फुल्छ पवित्र
सजाई राखौँ दिलभित्र ।।
२ देख्दै फुर्तीफार्ती छ
नढाँटी भन के पायौ ?
सरकारी तक्मा भेटायौ !!!
३ समयले काँ लान्छ ?
नभोगी भन्न सकिन्न
लेखेको क्यै गरी मेटिन्न !!!
४ अभावको खाडीमा
भावना दुख्नु हुँदैन
स्वाभिमान झुक्नु हुँदैन ।
५ अचम्मै भो हजुर !
नेताको नमस्ते पायो
हर्के भन्छ चुनाव आयो ??
वि.सं.२०७७ असोज १७ शनिवार ०८:२५ मा प्रकाशित






























