सम्बृद्धिको चाहत
दुनियाँ स्वार्थी फगत
दुखमा खुशी छ जगत ।। १ ।।
अधकल्चो जिन्दगी
नाथे सम्बृद्धिको आश
सपनाको भो सत्यानाश ।। २ ।।
बित्दै गए प्रहर
सपना भए रहर
जीवन बन्यो खण्डहर ।। ३ ।।
फूल झै हो जीवन
तृप्त भए अर्थपूर्ण
जसरी नि ओईलि झर्छ ।।४।।
फक्रिएको जीवन
संतृप्त भोगबिलास
अनुपम हो उपहार ।।५।।
खप्तड छान्ना-५, बझाङ
हाल-धनगढी १३, कैलाली
वि.सं.२०७७ असोज १७ शनिवार ०८:३१ मा प्रकाशित






























