
१
प्रगतीमा उठाउँ !
शंघर्षमा जुटाउँदै !
देशको मुहार फेर्नु छ ।
२
रगत मागे दिन्छु
प्राण पनि मागी हेर
जन्मभुमि प्यारो मलाई ।
३
निर्बलियो नसम्झ
यो शरीर भित्र आज
जिवनमा भोगाइका उर्जा ।
४
मुटुमा बसेको छ
संसारले सम्झेको छ
मेरो देशको महान झण्डा ।
५
चिन्दछन सबैले,
चन्द्रमा र शूर्य लाई !
बहादुरको प्रतिक हो ।
घोराही उपमहानगरपालिका, वडा नं -१८ दाङ
हाल-भारतको एन सी आर (हरियाणा)
वि.सं.२०७७ असोज १७ शनिवार ०८:३३ मा प्रकाशित






























