
१
साइनोको बिस्तार
सम्बन्धको आलिंगन
पहिचानमा मौलिकता ।
२
बेमौसमी मौसम
लुकामारी घामपानी
बुझ्न कठीन अभिलाषा ।
३
सुक्ष्मको आक्रमण
भीमकाय सावधान
विज्ञानको निस्पृह रोदन ।
४
सडकको सन्नाटा
उकुस मुकुस कोठा
जीवनका लागि प्रयत्न ।
५
मनको कारोवार
यादहरुको चिहान
आँसुकै मसिको परीक्षा ।
वि.सं.२०७७ असोज १७ शनिवार ०८:३९ मा प्रकाशित






























