back
CTIZAN AD

कविता: यसपाली घर आउदिन आमा

वि.सं.२०७७ असोज १७ शनिवार

960 

shares

जब दशै आउँछ
छिट्टै घर आउ है भन्छेउ आमा
अहिले देशलाई अफ्ट्यारो परेको छ
म छुट्टी पाउँदिन आमा
मेरो बाटो कुरि नबस्नु है
टीका जमरा सजाई नबस्नु
यसपाली पनि
म घर आउन पाउँदिन आमा ।

म तिम्रो छोरा हुँ
तर राष्ट्रको लागि एक जिम्मेवार रक्षक,
कसैको प्राण बचाउनु छ,
कसैको लास जलाउनु छ
दुनियाँ रोएको पल
म टीका जमरा लाउदिन आमा
सानो मन नगर्नु होला आमा
यसपाली पनि घर आउदिन आमा ।

बेशीमा धान झुल्थ्यो
डाँडामा मखमली फुल्थ्यो,
म घर आउने पल निकै रमाइलो हुन्थ्यो
देशनै रोएको पल
देउसी भैलो गाउँदिन आमा
बहिनिलाई मखमली नगाँस्न भन्नू
यसपाली म घर आउदिन आमा ।

कसम खाएको छु
कर्तव्य र जिम्मेवारीले जीवन सजाउँछु
आफू मरेर देश र जनता बचाउँछु
यस्तो बेला,
आफन्तसंग भलाकुसारी भ्याउदिन आमा
दशै फेरि पनि आउँछ
यसपाली म घर आउदिन आमा ।

साथिभाइलाई भन्दिनु
सेवामा खट्दै छरे
विपदको आँसु पुछ्नलाई जुट्दै छ रे
जनताको आँसु बगेको पल
खुशी बाड्न पाउदिनँ आमा
वीर छोरामा गर्व गर्नु
सम्झिसम्झि नरुनु
यसपाली पनि म घर आउदिन आमा ।

बेशीमा धान झुल्थ्यो
डाँडामा मखमली फुल्थ्यो,
म घर आउने पल निकै रमाइलो हुन्थ्यो
देशनै रोएको पल
देउसी भैलो गाउँदिन आमा
बहिनिलाई मखमली नगाँस्न भन्नू
यसपाली म घर आउदिन आमा ।

घर परिवारको माया मनभरी साँचेको छु
कुनै दिन खुशी लिएर आउने छु
सारा विपत संकट निम्ट्याएर
फेरि हर्षको गीत गाउने छु
देशमा शोक परेको बेला
निधारमा टीका लाउँदिन आमा
मेरो बाटो हेर्दै
नरुनु है
यसपाली घर आउदिन आमा ।

वि.सं.२०७७ असोज १७ शनिवार ०९:०३ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...