back
CTIZAN AD

कविता: फूलको बैँस

वि.सं.२०७७ असोज १७ शनिवार

2.5K 

shares

बादललाई झरि बनेर झर्नु
फेरि वाफ भएर उड्नु
फेरि बादल बनेर थुप्रिनु
र फेरि झरि भएर झर्नु जस्तो
सजिलो कहाँ हो र
कोपिलाहरुलाई फूल भएर फक्रिनु ।
कोपिला भनेको
बैंसको मीट्ठो रङ्ग चड्नु हो
हावासँग मनपरि इत्रिनु हो
पुतलीहरुसँग बेस्सरी जिस्किनु हो ।
तर,
कोपिलाहरु फूल भएर फुल्नु भनेको त
सधैलाई बिर्सिदिनु हो आफ्नो वात्साल्य ।
हराइ पठाउनु हो पुतलीहरुलाई
लोभ्याइ राख्ने चंचलता
छोडीदिनु हो हावासँग इत्रिनु
उदाङ्गो पार्नु हो आफ्नो जम्मै सर्वाङ्ग ।

फूल भएर फुल्नु भनेको त
उदाङ्गो हुनु हो बन्द कोपीलाभित्रको कौमार्य
र छल्काइदिनु हो आफ्नो मादकता ।
आमन्त्रित गर्नु हो कामुक भमराहरु
उदण्ड मौरीहरुको मनपरि सहनु हो ।
छेउबाट हिड्नेहरुको आँखालाई लोभ्याउनु अनि
हातहरुलाई उक्साउनु हो ।

अण्डाबाट लाब्रे र
लाब्राबाट पुतली भएर उन्मुक्त उड्नु जस्तो
मज्जा कहाँ हो र
फूललाई फक्रिनु !
फूल भएर फक्रिनु भनेको त
चरम अवश्था हो बैँसको अनि
शुरुवाती समय हो ओइल्याउनुको ।
फूल भएर फक्रिनु भनेको त
तयारी हुनु हो
चुँडिनुलाई
हावासँगै छताछुल्ल हुनुलाई
भूँइभरि छरिनु अनि
सधैं सधैंलाई धुलोमा बिलिनुलाई ।
फूलको बैँस !!!

वि.सं.२०७७ असोज १७ शनिवार ०९:०७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...