१८ असोज, काठमाडौँ । आईपिएलमा आज पनि २ खेल हुन गईरहेका छन । पहिलो खेलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावाद भिड्ने छन भने दोस्रो खेलमा किंग्स इलेवन पंजाब र चेन्नाई सुपर किंग्स भिड्ने छन ।
मुम्बई र हैदरावाद बिच हुने पहिलो खेल नेपाली समय अनुसार ३:४५ बाट सुरु हुने छ । मुम्बई र हैदरावादले दुवै टिमले यस आईपिएलमा ४ खेल्दा २ खेलमा जित र २ खेलमा हारको सामना गरेका छन । राम्रो नेट-रन रेटका आधारमा मुम्बई अकं तालिकामा तेस्रा स्थानमा रहेको छ भने हैदरावाद चौँथो स्थानमा रहेको छ ।
मुम्बईको सम्भावित प्लेइङ्ग इलेवन:
रोहित शर्मा, क्विनटन डि कोक, सुर्यकुमार यादव, इशान किसन, नेथन कुलटर नाइन, हार्दिक पांड्या, कुणाल पांड्या, काइरन पोलार्ड, राहुल चाहर, टे«ट बोल्ट, जसप्रित बुमराह
हैदरावादको सम्भावित प्लेइङ्ग इलेवन:
डेविड वार्नर, जोनी बेयस्टो, मनिष पाण्डे, केन विलियमसन, रिद्धमान शाह, अभिषेक शर्मासि, प्रियम गर्ग, रासिद शान, भुवनेश्वर कुमार, टी नटराजन, खलिल अहमद ।
आजै हुने अर्को खेलमा चेन्नाई सुपर किंग्स र किंग्स इलेवन पंजाब भिड्ने छन । चन्नाईले४ खेल खेल्दाँ लगातार ३ खेलमा हारको सामना गरेको छ भने किंग्स इलेवन पंजाबले पनि आफ्नो पछिल्लो २ खेलमा हारको सामना गरेको छ । अकं तालिकामा दुवै टिम २ अकं सहित सातौँ र आठौँ स्थानमा रहेको छ । खेल नेपाली समय अनुसार आज बेलुका ७:४५ बाट सुरु हुनेछ ।
पंजाबको सम्भावित प्लेइङ्ग इलेवन :
केएल राहुल, मयंक अग्रवाल, करुण नायर, निकोलस पुरण, ग्लेन म्याक्सवेल, सर्फराज खान, क्रिस जोडन, मोहम्मद शमी, रवि विश्नोइ, मुरुगन अश्विन, शेल्डन कोटरल ।
चेन्नाईको सम्भावित प्लेइङ्ग इलेवन:
शेन वाटसन, फाफ डुप्लेसिस, अंबती रायुडु, महेन्द्र सिंह धोनी, श्याम करण, रविन्द्र जडेजा, केदार जाधव, दिपक चाहर, पियुष चावला, डुवेन ब्राबो, शादुर्ल ठाकुर ।
वि.सं.२०७७ असोज १८ आइतवार १३:१८ मा प्रकाशित





























