१९ असोज रुपन्देही । प्रदेश नं ५ को स्थायी राजधानी रुपन्देहिमा लैजाने प्रस्तावको विरुद्धमा भइरहेको बन्द हड्ताल प्रति राष्टिय मानव अधिकार आयोगले ध्यान आकर्षण भएको जनाएको छ ।
आन्दोलनरत पक्षबाट सरकारी सवारी साधनमाथी तोडफोड र आगजानीका घटनामा अनुगमन गरिरहेको आयोगको प्रदेश कार्यालय बुटवलले सोमबार एक प्रेस विज्ञप्ति जारी गदै ध्यान आकर्षण भएको जनाएको छ ।
‘असहमतिका कुनै पनि विषयमा शान्तिपुर्णरुपमा विरोध तथा प्रदर्शन गर्न पाउने हक प्रत्येक नागरिकलाई भए तापनि आगजनी, तोडफोड जस्ता कार्यहरु कुनै पनि दृष्टिकोणबाट उचित हुदैनन्, उक्त विज्ञप्तिमा भनिएको छ । अत विरोधका कार्यक्रमहरुलाई हिंसात्मक नबनाई संयमित र शान्तिपुर्ण रुपमा अगाडी बढाउन तथा अफना असहमतिका विषयहरुको वार्ता र संवादको माध्यमबाटै समाधभन खोज्न आयोग आन्दोलनरत पक्षलाई आग्रह गर्दछ । साथै, शान्तिपुर्ण रुपमाविरोध प्रर्दशनमा उत्रिएको नागरिकहरु माथी मर्यादित र संयमित व्यवहार गर्न पनि आयोग स्थानीय प्रशाासनको ध्यानआकर्षण गराउँदछ ।’

वि.सं.२०७७ असोज १९ सोमवार १५:०५ मा प्रकाशित






























