back
CTIZAN AD

कविता: भाग्य

वि.सं.२०७७ असोज २४ शनिवार

897 

shares

शक्तिका, पदका डाडु समातेका हजुर्हरू
खुसाए लाभ क्यै हुन्थ्यो, जम्मै बेकामका अरू
लर्को लाग्छ नमस्तेको, वाह ! भन्छ थुके पनि
तँ चुकिस् भन्न सक्तैन मोडैपिच्छे चुके पनि
उसैका स्वार्थमा बग्छन् साम्राज्यका दलाल यी
थोपो माया कतै छैन, निर्धो रेट्ने हलाल यी
निर्धा छौँ जनता हामी, किन ? कारण खोज्नु छ
निर्धाे रेट्ने खुनी सत्ता ढलाईकन छोड्नु छ
सिर्जनाको बगैँचामा श्रमले लेख्तछौँ सदा
निर्धाको दिन आएको सपना देख्तछौँ सदा
भाग्य रच्तै छ रे हाम्रो, क्वै भावीले कतै बसी
बस्तैनौँ यत्तिकै हामी चुप्प लागी कुना पसी
राम्रो लेख्यो भने लेख्यो, नलेखे पनि छैन क्यै
हाम्रो भाग्य स्वयम् लेख्छौँ, त्यसको च्यातिइन्छ त्यैँ

वि.सं.२०७७ असोज २४ शनिवार १०:३६ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...