
मन्त्रीजी कि श्रीमति अनुराधा सपिंग गर्न जाँदा जहिले पनि नजिकैको महलमा भाडामा बस्ने शशिकलालाई अघि लाएर जान्थिन । तर अनुराधालाई शशिकलाको पारिवारिक विषय बारेमा केही थाहा थिएन । सपिंगगर्दा शशिकला निक्कै महंगा सामानहरू, खानेकुराहरू किन्थिन । अनुराधा पछिपछि उनकै सिकोगर्दै त्यस्तै सामानहरू उ पनि किन्ने गर्थिन । एकदिन शशिकलाको यस प्रकारको खर्च गराई देखेर अनुराधाले सोधिन– ‘मेडम ! हजुरको श्रीमान कहाँ काम गर्नुहुन्छ ?’
‘हजुर मेडम वहाँ त राष्ट्रपति भवनमा गर्नुहुन्छ’
‘ओ हो हजुर कुन पदमा गर्नुहुन्छ होला नि ?’–अनुराधाले जिज्ञासा पोखिन ।
‘खोई हजुर वगाँ त राष्ट्रपतिभन्दा पनि एकसिट अगाडिकै लाईनमा बसेको देख्छु म त’ शशिकलाको उत्तर थियो । अनुराधाले अगाडि बडेर अरू प्रश्न गर्ने हिम्मत गरिनन् । श्रद्धापुर्ण स्वरमा झहवस मेडम् आजलाई छुटौं है’– भन्दै शशिकलाको गेटमा कारबाट उनलाई छोडदै अघि बढिन ।
बेलुका मन्त्रीजीसँग अनुराधाले आफ्नो निक्कै ओहोदावालकी श्रीमतिसित मित्रता बढेकोमा फुरूक्क पर्दै सोध्छिन ‘हजुर मेरी एउटी सार्है मनमिल्ने साथीछिन । उनका श्रीमान राष्ट्रपति भवनमा कामगर्छन रे, उनी राष्ट्रपति बसेको सिटभन्दा एकसिट अगाडी पो बसेका हुन्छन रे, निक्कै ठुलै मान्छे रहेछन, त्यो कुन पोष्ट होला त हजुर ?’
ए ! ए ! ए ! हो ! हो ! ठिकै हो ! चिने ! चिने !’
मन्त्रीजीका कुराले निक्कै खुसी भएकी अनुराधाले उत्सुकता पोख्दै भनिन–‘हजुरले चिन्नु भा हो ? आहा लु भन्नोस त ?’
मन्त्रीजीले मुसुक्क मुस्कुराँउदै जवाफ दिए- ‘ड्राईभर’
वि.सं.२०७७ असोज २४ शनिवार १०:३९ मा प्रकाशित






























