back
CTIZAN AD

तीन जिल्लाका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

वि.सं.२०७३ पुस २३ शनिवार

1K 

shares

२३ पुस, काठमाडौँ । सरकारले गरिबीको रेखामुनि रहेका रौतहट, बझाङ र अछाम जिल्लाका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले केही दिनअघि मात्र ती जिल्लामा बसोबास गर्ने पाँच वर्षमुनिका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो ।

केन्द्रीय पञ्जीकरण विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले आम्दानी नभएका परिवारका बालबालिकालाई पोषणका लागि मासिक रु छ सय दिन लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिला तीन जिल्लालाई पोषण भत्तास्वरुप रकम दिन्छौँ, कति आवश्यक पर्छ हेरेर अरु जिल्लामा पनि क्रमशः विस्तार गर्दै लैजान्छौँ ।” यसअघि विभागले दलित र कर्णाली अञ्चलका पाँच वर्षमुनिका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको थियो ।

स्थानीय विकास मन्त्रालय, केन्द्रीय पञ्जीकरण विभागले सुरुमा तीन जिल्लाका बालबालिकालाई सामाजिक सुरक्षा दिनका लागि रु २० करोड रकम विनियोजन गरेको छ । आव २०७३÷०७४ का लागि सामाजिक सुरक्षा भत्ताबापत सरकारले रु ३२ अर्ब ६९ करोड ९९ लाख ९९ हजार छुट्याएको छ ।

वि.सं.२०७३ पुस २३ शनिवार ०३:१४ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...