back
CTIZAN AD

बरिष्ठ संचारकर्मी मेजर सोनाम शेर्पा सम्मानित

वि.सं.२०७७ कात्तिक १२ बुधवार

696 

shares

बरिष्ठ संचारकर्मी, समाजसेवी तथा संगीत प्रेमी मे.सोनाम छिरिङ शेर्पा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेद्वारा सम्मानित भएका छन् ।

बिदेशमा रहेर लामो समयसम्म संचार क्षेत्रमा कार्यरत रहि नेपाली पत्रकारिता र नेपाली गित–संगीतलाई बिशेष योगदान पुर्याए बापत उनलाई यो सम्मान यो गरिएको हो । मे. शेर्पा फोनिज युकेका निबर्तमान कार्यसमितिको प्रमुख सल्लाहकार हुन् भने नेपालमा रहेका आदिबासी जनजाति पत्रकारहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्नको लागि उनले बिगत चार बर्षदेखी बर्षेनी तिस हजारको दरले (एक लाख बिस हजार) ‘फोनिज युके पत्रकारिता पुरुष्कार’ बितरण गर्दै आएका छन् ।

मे. सोनाम शेर्पाको जन्म पिता फुबू साङ्गे शेर्पा र माता जुनु लामु शेर्पाको कोखबाट भोटे बस्ति दार्जिलिङमा थियो । मे. शेर्पाले प्राथमिक, निम्न तथा माध्यामिक बिद्यालयको अध्यायन पुरा गरेपछि गोभर्मेण्ट कलेज दार्जिलिङमा जीव बिज्ञान बिषयमा अध्यायन गरेका थिए । मे. शेर्पा स्कुल तथा कलेजमा अध्ययनरत रहदा एक जेहन्दार तथा बहु–प्रतिभाशाली बिद्यार्थी थिए । कलेजको अध्ययन पुरा गरेपछि उनि सन् १९७५ मा ब्रिटिश आर्मीको कलरक तथा बाबुजी पेशामा प्रवेश गरेका थिए । उनि ब्रिटिश आर्मीमा प्रवेश गरेपछि ब्रिटिश आर्मीको आधारभूत तालिम लिन हंगकंग आएका थिए । हंगकंगमा ब्रिटिश आर्मीको आधारभूत तालिम गर्दा उनले सर्बोत्कृष्ट नतिजा निकालेर च्याम्पियन रेक्रुट हुन सफल भएका थिए । उनको ब्रिटिश आर्मीको आधारभूत तालिम समाप्त भए पश्च्यात मे. शेर्पा ७ गोर्खा राइफल्समा आबद्ध भएर बटालियनका बिभिन्न कार्यालयहरुमा कार्यरत रहि धेरै अनुभबहरु बटुलेका थिए ।

मे. शेर्पा सन १९८३ देखि १९८६ सम्म British Forces Broadcasting Services (BFBS) हंगकंगमा कार्यरत रहने अबसर पाएका थिए । बिएफबिएस हंगकंगमा कार्यरत रहदा उनले सुप्रशिद्ध कार्यक्रमहरु फिल्मी संसार र सोनाम जुक्बक्स भन्ने कार्यक्रम संचालन गर्दथे । उनले चलाउने कार्यक्रम ‘सोनाम जुक्बक्स’ अंग्रेजी भाषाका गित सुन्न चाहने श्रोताहरुको लागि संचालन गरिन्थ्यो । जसले गर्दा ब्रिगेड अफ गोर्खामा कार्यरत सैनिक तथा उनका परिवारहरुलाई अंग्रेजी भाषा सिक्नमा मद्दत पुग्दथ्यो ।

मे शेर्पाले सन १९९२ मा Services Sounds and Vision Corporation को स्वर्ण जन्मोत्सवको अबसरमा बेलायतकी राजकुमारी मार्गेरेटलाई बिएफबिएसको इतिहाँसको बारेमा अंग्रेजी भाषाको माध्यामबाट संक्षिप्त जानकारी दिने सु-अवसर मिलेको बताउछन् ।

मे. सोनाम शेर्पा ७ गोर्खा राइफल्समा कार्यरत रहदा तत्कालिन सुप्रशिद्ध हिमालयन ब्यान्डमा आबद्ध थिए । उनले हिमालयन ब्यान्डमा अंग्रेजी तथा नेपाली गित गाउनको साथै ड्रम पनि खेल्दथे । स्वर्गीय नोर्देन तेञ्जिङ भोटियाको आवाजमा रेकर्ड गरिएको गीत ‘मुसु, मुसु हांसी देऊ न लै-लै’ लगायत अन्य थुप्रै गीतहरु लाईफ कन्सर्टहरुमा प्रस्तुत गर्दा उनले ड्रम खेलेर साथ दिएका थिए ।

सन १९९२ मा कमिसन भएपछी ब्रिटिश आर्मीको महत्वपूर्ण स्थानहरुमा महत्वपूर्ण जिम्मेवारी लिएर ब्रिटिश आर्मीको तथा ब्रिगेड अफ गोर्खाजको बिभिन्न नीति नियमहरु तर्जुमा गर्ने कार्यहरुमा कार्यरत भएका थिए । मे. शेर्पाको अन्तिम पोस्ट, स्टाफ अफिसरको पदमा हेड क्वाटर ब्रिगेड अफ गोर्खाजमा कार्यरत थिए ।

उनि स्टाफ अफिसर पोस्टमा कार्यरत रहदा उनको मुख्य भूमिका, जिम्मेवारी तथा कार्यक्षेत्र भनेको पोलिसी मेकिङ सल्लाहकार रहेको थियो । अन्त्यमा सोहि पोस्टबाट तत्कालिन समयमा गोर्खालीहरुले पाउने अन्तिम पद मेजर दर्जामा अवकाश लिएका थिए ।

मे. शेर्पा सन २००३ मा आर्मी सेवाबाट अवकाश पाएपछि बेलायतको रक्षा मन्त्रालय अन्तर्गत रहेको ब्रिटिश रेजिमेण्टमा मेजरकै पदमा सन २०१० सम्म आबद्ध रहेका थिए ।

संचार तथा पत्रकारितामा लत लागिसकेका मे. शेर्पा निजामति सेवाबाट अवकाश पश्चात पनि संचार तथा पत्रकारिता क्षेत्रमा आबद्ध हुने निधो गर्छन् । बेलायतमा छापा पत्रिका संचालन गर्न तथा रेडियो स्टेशन संचालन गर्न अतिनै कठिन तथा कहाली लाग्दी स्थिति हुँदाहुँदै पनि ‘जहान इच्छा त्यहि उपाय’ भने झैँ बिभिन्न समस्याहरुको बाबजुद पनि मे. शेर्पाले नौ जना स्वयंसेविकाहरु साथमा लिएर रेडियो British Gurkhaa Welfare Society (BGWS) स्थापना गरेका थिए ।
मे शेर्पाको नेतृत्वमा रेडियो द्यन्ध्क् ले छोटो समयमा लामो दुरी फड्को मार्दै इन्टरनेटको माध्यामद्वारा बेलायत, यूरोप हुँदै संसारैभरीका श्रोताहरुले सुन्न सकिने गरि २४ सै घण्टा प्रसारण गरेका थिए । रेडियो BGWS को माध्यमबाट मे शेर्पालाई नेपालबाट आएका बरिष्ठदेखि कनिष्ट सम्मका कलाकारहरु राजनीतिकर्मीहरु, साहित्यकार, पत्रकार, समाजसेवीहरुलाई नेपालीमा अन्तर्वार्ता लिएका थिए भने बेलायतबासी बेलायती मेयर, मेम्बर अफ पार्लियाम्याण्ट (एमपी) र क्याबिनेट मिनिस्टरहरुलाई अंग्रेजीमा अन्तर्वार्ता लिने अवसर मिलेको बताउछन् ।

मे. शेर्पा श्रीमती सुजन राई शेर्पा र सुपुत्र रियोसंग बेलायतको सरेस्थित काम्बर्लीमा सपरिवारसंग बसोबास गर्दै आएका छन् । फुर्सदको समयमा मे शेर्पा कताब पढ्न, खाना पकाउन, गीत संगीत सुन्न र श्रीमती सुजनलाई साथमा लिएर विदेशको भ्रमण गर्न रुचाउछन् । उनले चालीसौं देशहरुको भ्रमण गरिसकेका छन् ।

वि.सं.२०७७ कात्तिक १२ बुधवार १६:२९ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...