back
CTIZAN AD

गजल

वि.सं.२०७७ कात्तिक १५ शनिवार

792 

shares

दशैले यस्तो आशिष दिएरै गयो ।
थैली छोड्यो रुपैयाँ लिएरै गयो ।

सौदा घाटामै गयो के भनौँ यार
थोरै पिलायो धेरै पिएरै गयो ।

तामझाम देखायो एकछिन तर
खुकुरी पनि आफै खिएरै गयो ।

बालीघरे दाईले यो मतानमै बसेर
दुःखसुख फाटेको मन सिएरै गयो ।

जवानहरू थाहा नपाइ खुस्किए
एकसय दशको बुढो जिएरै गयो ।

वि.सं.२०७७ कात्तिक १५ शनिवार ०९:०५ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...