back
CTIZAN AD

लघुकथा: प्रेमको जादूयी साम्राज्य

वि.सं.२०७७ कात्तिक १५ शनिवार

864 

shares

हेमलता र सुरेन्द्र बीचको प्रगाढ प्रेम शहरभरि आदर्शको नमुना मानिन्थ्यो । सबै भन्ने गर्थे प्रेम होस् त हेमलता र सुरेन्द्रको जस्तो । वास्तवमा उनीहरूको जीवन र जोडी ईष्र्यालाग्दो नै थियो ।

उनीहरूको विवाह भएको पनि एकदशक गुज्रिसकेको थियो। यी जोडी कहल्यै एक्लाएक्लै बसेका थिएनन् । जता गएपनि सँगसँगै हिड्थे । भाग्यले नोकरी पनि एउटै कम्पनीमा मिलेको थियो ।

एकदिन एक्कासी हल्ला फैलन्छ । पृथ्वीको कुनै स्थानबाट पूरै पृथ्वीबासी माथि डरलाग्दो भाइरसको आक्रमण भएको छ । नभन्दै हल्ला वास्तविकतामा बदलिन्छ ।

मानव सभ्यता माथि नै भयावह संकट आइपर्यो । धरतीको कुनाकुनामा सरुवा भाइरसले महामारीको रुप लिएको थियो । विज्ञान किंकर्व्यविमूढ बन्नपुग्यो । मन्दिर, मस्जिद, चर्च, चैत्यका ढोका बन्द भए । प्रार्थनाहरु व्यर्थ भए ।

समस्त मानव समूहमा मृत्युुले कोलाहल मच्चाएको थियो । मलामी जान , पुण्य र परमकर्तब्य सम्झने मानिस मुख मोडिरहेका थिए । वैज्ञानिकहरु मानिसलाई एकअर्कासँग भौतिकदूरी कायम राख्न आह्वान गरिरहेका थिए ।

मानवजगत र उसको ज्ञान स्तब्ध बनेको थियो । मानवजातिको भविष्य माथिनै प्रश्नचिह्न खडा भएको थियो ।

आखिर सुरेन्द्र पनि अदृश्य भाइरसको चपेटामा आएरै छाड्यो । हेमलता र सुरेन्द्रको विछ्याउना फरक भयो । मधुर स्पर्शहरु ओइलाए । दुबैका मनभरि डर र भएको मनोमानी सत्ता चल्नथाल्यो । सुरेन्द्रको स्वास्थमा पटक्कै सुधार आउँन सकेन । उसलाई हस्पिटल भर्ना गरियो ।

सुरेन्द्र भाइरसले दिएको पीडासँगसँगै एक्लो हुनुको वेदनामय छट्पटीमा आत्तियो । उनलाई सुम्सुम्याउने हेमलताका कोमल हात टाढा थिए : उनको मटुको स्पन्दन बिरानो बन्यो । आफन्त साथीभाइ ओरिपरि भएर पनि छेउमा गएर छुन सक्दैनन् ,छाम्न सक्दैनन् ।

जुनचिज नहोस् भन्ने डर थियो, आखिर भएरै छाड्यो । एकपल सुरेन्द्रको स्वासप्रस्वास सधैं–सधैंका लागि बन्द भयो । उसको मृतदेहलाई कसैले स्पर्शसम्म गर्न पाउँदेैनन् ।

मृत्युुको कल्पना भन्दा बहिरको भयानक दृश्यको अनुभूति गर्न बाध्य भएकी थिईन्, हेमलता । सुरेन्द्रको शरीरमा नाँच्ने उनका सुन्दर औंला सुरेन्द्रको मृत्युको साक्षीपत्रमा हस्ताक्षर गर्नमात्र काम लागेका थिए । जीवनको अन्तिम अवस्थामा एकघुट्को पानी पिलाउन सक्ने हैसियत रहेन स्नेही हातको ।

सृष्टिले मानवजातिलाई कुन महापापको सजाए दिइरहेको थियो : कसैले भेउसम्म पाउँन सकेको थिएन ।

हेमलता, शोकको महासागरमा डुबेर आफ्नै सामुन्नेः प्रेम र मायाको अद्भुत जादूयी साम्राज्य हुर्हुती जलिरहेको टुलुटुलु हेर्न विवश भएकी थिइन्…।

पूरै अनुहार र शरीर ढाकिएका कुनै अन्य ग्रहबाट आएका झै लाग्ने नचिनिने अनौठा मानिसहरूले सुरेन्द्रको दाहसंस्कार गरेका थिए ।

वि.सं.२०७७ कात्तिक १५ शनिवार ०९:०९ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...