back
CTIZAN AD

कविता: अदृश्य पीडा

वि.सं.२०७७ कात्तिक २२ शनिवार

2.3K 

shares

मिल्दैन भाव कविता मनमा छुँदैन
पोख्दैछु तैपनि कला रसिलो हुँदैन
रोकिन्छ शब्द मनमै लयबद्ध छैन
बग्दैन काव्य गतिलो रसरङ्ग छैन ।१।

बल्झेर दुख्छ दिल भित्र अदृश्य पीडा
सुक्दैन आँसु छ सधैं किन हो अनिद्रा
रोकिन्छ धड्कन यसै बह नासिँदैन
बढ्दैछ याद अति यो मन शान्त छैन ।२।

विश्वास छैन अब ता प्रभु छन् धरामा
आस्था हटेर धमिलो मनको गरामा
आनन्द हुन्न जहिल्यै अझ तिर्सना छ
सिद्धिन्छ जीवन कथा तर यादमा छ ।३।

सुन्दैन दैव पनि नित्य पुकार गर्छु
आत्तिन्छ जीवन यसै भयभित्र पर्छु
चिन्ता र रोदनसँगै वय सिद्धिँदैछ
यात्रा अनन्ततिर आलय रित्तिँदैछ ।४।

जन्मेर पाउ भवमा जब सर्न थाले
बाधा र अड्चनहरू तब पर्न थाले
साँच्चै मिठो छ र त सुन्दर मृत्युघाट
फर्किन्न आखिर कुनै तन घाटबाट ।५।

छन्द: वसन्ततिलका

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०८:२२ मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...