back
CTIZAN AD

कविता: नारी हिंसा

वि.सं.२०७७ कात्तिक २२ शनिवार

8.3K 

shares

आमा मेरी पल पल पुगिन दुःखका टाकुरामा,
राखिन् आफ्नै सृजन लहरा आफनै पाखुरामा ।
भोकै प्यासै बसन उनका नेत्र कैल्यै रुझेनन्,
प्यारा प्यारा मुटुहरु त खै उन्का लागि दुखेनन् ।१।

यिन्कै हाँसो लिन कति हिँडिन् ठण्डी गर्मी भनिनन्,
वर्षा बाढी तरर पसिना खास उन्ले गनिनन् ।
छोरी भन्दै कति त उनले भ्रुण फालेर रोईन्,
मन्दिर् भित्रै लुटिँदा यिनले रक्तले तन धोईन् ।२।

बोक्सी भन्दै कुटिनु यिनको चाला नौलो भएन
नारी सत्ता भएनि गतिलो चाला हाम्रो भएन ।
छाउ गोठ्मै मरण कतिको दाइजोको सिकार,
यस्तो चालाचलन नहटे जुनि हुन्छ धिकार ।३।

जागौँ नारी दलन ननिको फाल्न उर्लेर आज,
बाली ज्वाला दनदन अझै फेर्नु पर्छ समाज ।
आमालाई चलन घटियाबाट फुक्का बनाऊ,
आमा हाम्री असल मणि हुन् माथ राखी सजाऊ ।४।

छन्द:  मन्दाक्रान्ता

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०८:२५ मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...