२५ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ८५३ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ८५३ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ८५३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ ।
मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ८० प्रतिशत हो ।
वि.सं.२०७७ कात्तिक २५ मंगलवार १७:०९ मा प्रकाशित






























