back
CTIZAN AD

महामारीका कारण काम गर्न कठिन भएपछि इट्टा उद्योग बन्द

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

1.2K 

shares

२७ कात्तिक, चितवन । कोरोना महामारीका कारण काम गर्न कठिन भएपछि जिल्लाका सबै इट्टा उद्योग बन्द भएका छन् ।

मजदूर ल्याएर काम लगाउन र उत्पादित सामग्री ढुवानीमा समस्या भएपछि यस वर्ष इट्टा उद्योग संञ्चालन नहुने अवस्थामा पुगेका हुन् । गत वर्ष यही समयमा उद्योगले चिम्नीमा इट्टा उत्पादन थालेका हुन्थे । यस वर्ष उद्योग सञ्चालकले मजदूर समेत ल्याएका छैनन् ।

इट्टा उद्योग सङ्घका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद सापकोटाले उद्योग सञ्चालन गर्न सकिने अवस्था नरहेकाले यस वर्ष बन्द गरिएको जानकारी दिए । “चितवन सहित देशभरका उद्योग यस वर्ष चल्ने अवस्था छैन” उनले भने “तराई र भारतबाट मजदूर ल्याउनुपर्दछ तर अहिले ल्याउन सक्ने अवस्था छैन कसरी चलाउने ।”

उनका अनुसार जिल्लामा १८ वटा इट्टा उद्योग छन् । देशभरमा यो सङ्ख्या एक हजार चार सय हाराहारी रहेको छ । स्थानीय मजदूर पाउने ठाउँका २० प्रतिशत जति उद्योग चले पनि अन्य उद्योग चल्ने सम्भावना नरहेको उनको भनाइ छ ।

गत वर्ष सबै उद्योगले आफ्ना उत्पादन निकालेका थिए । यस वर्ष मजदूर अभावले नै माटो मुछ्ने, ओसार्ने, पोल्ने, बोक्नेलगायत काम नहुने भएपछि उद्योग वन्द गरिएको हो । जिल्लाका साना एक दुई वटा सञ्चालन हुन सक्ने भए पनि अन्य सवै उद्योग बन्द हुने सापकोटाको भनाइ छ ।

गत वर्षपनि मंसिर महिनादेखि फागुनसम्म पटकपटक वर्षा हुँदा वनाएको इट्टा गलेर नोक्सान भएको थियो । दुई वर्षदेखि उद्योगीलाई घाटा भएकाले अहिले चलाउन सकिने अवस्था नरहेको जिल्ला अध्यक्षसमेत रहेका सापकोटाले बताए । ठूलो सङ्ख्यामा मजदूर आवश्यक पर्ने भएकाले भौतिक दूरी कायम गरेर काम गर्न सक्ने अवस्था नरहेको उद्योगी बताउँछन् ।

सापकोटाले भने, “एक जना मजदूरलाई कोरोना सङ्क्रमण भएमा सबै जोखिममा हुन्छन् । यो जोखिम मोल्न नसकेर नै उद्योग खोल्न नसकेका हौं ।” एउटै इट्टा भट्टामा तीन सय सम्म मजदूरलाई काम लगाउने गरिन्छ । रासस

वि.सं.२०७७ कात्तिक २७ बिहीवार १६:३७ मा प्रकाशित

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...