back
CTIZAN AD

जिप लाइन सेवा सञ्चालनमा आएपछि पर्यटकको आकर्षण

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

1.1K 

shares

२८ कात्तिक, भजनी । कैलालीको चिसापानीस्थित कर्णाली नदीमा ‘जिप लाइन’ सेवा सञ्चालनमा आएपछि यहाँ पर्यटकको आकर्षण बढेको छ । सुदूरपश्चिम प्रदेशको प्रवेश द्वारसमेत रहेको कैलालीको चिसापानीमा सो सेवा सञ्चालनमा आएपछि पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।

जिप लाइनको आनन्दको अनुभव लिनको लागि पछिल्लो समय पर्यटक चिसापानी पुग्ने गरेका छन् । यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटक समेत आएर आनन्द लिने गरेका छन् । सामाजिक सञ्जालमा भिडियो र फोटा देखेर आफू यो ठाउँमा आएको धनगढीका झलक दवाडीले बताए। जिप लाइन सेवा कर्णाली नदीको किनारमा सञ्चालनमा ल्याइएको छ ।

करिब १३० मिटर लामो लाइन अन्तर्राष्ट्रिय मापदण्डअनुसार निमार्ण गरिएको छ । साहसिक खेल जिप लाइनको मज्जा लिन अहिले दैनिक पर्यटकले भीड लाग्ने गरेको छ । पहिलो पटक नयाँ खेलका अनुभव लिएको काठमाडौँबाट चिसापानी पुगेको अपार बिक्रम खाँडले बताए । अहिले साहसिक खेल जिप लाइन अनुभव लिन दैनिक २०० देखि ३०० जना आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन् । करिब रु १० लाख लागतमा २०७६ सालको माघदेखि जिप लाइन सेवा सञ्चालनमा ल्याइएको हो । एक व्यक्तिले एक पटक जिप फलाइन गरेकोमा रु २०० शुल्क तिर्नुपर्ने हुन्छ ।

महोन्याल गाउँपालिकाको वडा नं ७ पितमारीको कर्णाली नदीको छेउमा जिप लाइन सञ्चालनमा ल्याइएको छ । केही वर्ष विदेश बसेका कैलाली लम्कीका युवा तपेन्द्र रावलले जिप लाइन सेवा सञ्चालनमा ल्याएका हुन। चिसापानी एड्भेञ्चर रिपोर्टले चिसापानी क्षेत्रमा घुम्न आउने पर्यटकका लागि साहसीका खेलको मनोरञ्जन दिने उद्देश्यले जिप लाइन सेवा सञ्चालनमा ल्याइएको तपेन्द्र रावलले बताए । रासस

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १४:३९ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...