back
CTIZAN AD

कविता: चस्माको दृष्टि

वि.सं.२०७७ कात्तिक २९ शनिवार

1.5K 

shares

जून लजाएर लुकेपछि
अन्धकार रातमा उसका आँखा बन्द भए
संसार सून्य भयो
हेर्न चाहेर पनि देख्न सकेन
यौटा युग अन्त भयो

बिहानीपख जब उज्यालो फर्कियो
चराहरू चिच्याए
भाले बास्यो
नयाँ उमगंको शंघनाद गरेर

आँखा मिच्दै उठ्यो
धारामा गयो हातमुख धोयो
काँधमा रूमाल
कम्मरमा धोती कसेर उही बाटो फर्कियो

रात बिहानीमा बद्लिएपनि
माटो र बाटो बदलिएन
धारो बद्लिएन
पानीको निर्मलता बद्लिएन
गति बदलिएन

बाटोबाट परको आकाश नियाल्यो
घाम बिस्तारै चर्कदै थियो
चम्किलो हुदै थियो क्षितिज
ताप बढ्दै थियो

नागां देखिएपनि
रातो लालीगुराँस फक्रेका डाँडा थिए
रातो पहाडको फेदमा
चरिरहेका सेता घोडा जस्तै
कमेरो पोतिएका घरहरू थिए

हेर्दा हेर्दै मन बदलियो
हातले आँखा छोप्यो
के देख्यो
के छोपियो ऊ नै जानोस्

जब हात उघ्रे आँखाबाट
परेला उघ्रिएका आँखामा कालो
चस्मा लगायो
अनुहारको रगं बद्लियो
रगंसँगै समय बद्लियो
इमान बद्लियो
हिडाइ बद्लियो
भेषभुषा र भाषा बद्लियो

ऊ जस्तो थियो त्यस्तो देखिएन

स्वयंले उज्यालो छेकेर
खुला आँखाले देखेको संसार
कालो देख्यो
फेरि कहिल्यै आँखा चस्माबिहीन भएनन्

घर अगाडि आँगनमा
चराहरू भुतली खेल्दैहुन्थे
श्यालहरू दुलो खोज्दैहुन्थे
सालकहरू सुरूगं खन्दैहुन्थे
माटोमा निहुरिएर हेरेन

सायद चश्माका दृष्टीमा
बग्दै गरेको माटो थुनेर
पहाड उभिएका थिए
आँगनमा खोतलिएका सुरूगंमाथी उभिएर
घर बलियो देखिरहेको थियो ।

वि.सं.२०७७ कात्तिक २९ शनिवार ०८:१४ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...